बाग्लुङमा एक २७ वर्षीय महिलाले छोरा सहित खोलामा हाम्फालेर आत्महत्या

बाग्लुङ – जिल्लाको अधिकारीचौरमा एक महिलाले छोरा सहित खोलामा हाम्फालेर आत्महत्या गरेकी छिन्। अधिकारीचौर-१ नौविसेकी २७ वर्षीय कमला परियारले सोमबार भुजिखोलामा हाम्फालेर आत्महत्या गरेको प्रहरी निरिक्षक प्रकाश सापकोटाले बताए।

परियार दुई महिनाका छोरालाई साथमै बोकेर खोलामा हाम्फालेको प्रहरीले जनाएको छ। परियारको शव बुर्तिबाङकै भुजीखोलामा भेटिएको छ। बच्चा बेपत्ता भएकाले खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।


महिलाको शव पोष्टमार्टमका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ। आत्म हत्याको कारण खुल्न सकेको छैन। परियारका पति वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा छन्।

 

nagariknnews

अन्य समाचारहरु