दीपक बस्याल
न्यु मेक्सिको
गत बुधवार अमेरिकाको टेक्सास स्टेटको भ्यान हर्न सिटीमा कार दुर्घटना हुदा पाल्पा जिल्ला स्थाई घर भएकी गीता बस्ताकोटी न्यौपानेको घटनास्थलमै मृत्यु भएको छ। न्यू मेक्सिको स्टेट बाट टेक्सास स्टेट बसाइँ सर्ने क्रममा आफैले चलाएको कार अनियन्त्रित हुँदा दुर्घटना भएको थियो। कारमा यात्रा गरिरहनु भएका वहाँका श्रीमान डिसोज न्यौपाने र भतिज प्रशान्त बश्याल सामान्य उपचारपछि घर फर्किएका छन् भने २ वर्षका छोरा गौरव न्यौपाने सकुसल रहेका छन्। घटना पछि अमेरिकाको लस क्रुसेस मा रहेको नेपाली समाज पुरै शोकाकुल छ।
न्यू मेक्सिको स्टेट युनिभर्सिटीको नेपाली बिध्यार्थी संगठन नेपलिज स्टुडेन्ट एसोसिएसनले अन्तिम संस्कारका लागि आर्थिक सहयोगको अपिल गरेको छ। इच्छुक महानुभावले http://web.nmsu.edu/~nesa/index.htm गई आर्थिक सहयोग गर्न सकिने कुरा संस्थाका सचिब ॠषि सापकोटाले जानकारी गराउनुभएको छ ।