सुनसरी । सुनसरीको धरानमा लागूऔषधसहित पक्राउ परेका तीन जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।
पक्राउपर्नेमा लामो समयदेखि लागूऔषधको कारोवारमा संलग्न भारतको हररिया जिल्ला रामपुर निवासी मोहम्मत बजरुल अन्सारी, धरान १९ का सुमन लिम्बु र सुरज राई रहेका छन् ।
उनीहरु तीनै जनालाई धरानको विभिन्न स्थानबाट पक्राउ गरिएको हो । उनीहरुको साथबाट प्रहरीले तीनहजार ६८ थान स्पास्मो प्रोक्सिवन, कोरक्स एक सय ५८ बोतल, टीटी ६० थान र नाइट्रोजन २० ट्याब्लेट बरामद गरेको छ ।
RSS