दिल्लीमा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न, जमुना राना र हुम गैरेले नचाए

– हिम शिखर /  बाबुराम थापा 


 

 दिल्ली भारत ।- हरेक बर्ष जस्तै यसपाली पनि भारतिय स्वतन्त्र दिवसको अवसर पारेर श्री पशुपति सम्पर्क मञ्चको आयोजनामा भारतको राजधानी दिल्ली स्थित गोविन्दपुरी मा भब्य सांस्कृतिक कार्यक्रम सम्पन्न भयो ।


नेपालका ख्यातिप्राप्त लोक दोहरी गायक गायिका जमुना राना र हुम गैरे, युवा मनमुटुका धड्कन , नेपालका पप तथा आधुनिक गायक र नायक यशकुमार ले आफ्ना आफ्ना प्रस्तुतिद्धारा प्रवासी नेपालीहरु लाई भरपुर मनोरन्जन गराएका थिए । उक्तकार्यक्रम का प्रमुख आर्कषण यशकुमार ले एक घण्टाको निरन्तर प्रस्तुतिद्धारा दर्शकहरु र आयोजकहरुको मन जित्न सफल भएका थिए ।


सो कार्यक्रममा श्रृजना सांस्कृतिक परिवारका बालकलाकारहरुले पनि नृत्य प्रस्तुत गरेर दर्शकहरुको मन जित्न सफल भएका थिए। साथमा हास्य कलाकार विजय राना को रोचक प्रस्तुतिमा दर्शकहरु पेट मिचि मिचि हास्न बाध्य भएका थिए । ढाईहजार भन्दा बढि दर्शक रहेको उक्तकार्यक्रममा जमुना राना र हुम गैरेका दोहोरी प्रस्तुतिमा स्टेज मै पुगेर नाचेका थिए दर्शकहरु ।

 

Photo8


त्यसै विच नेपालका स्टार नायक श्रीकृष्णा श्रेष्ठको आगमनमा प्रवासी नेपालीहरु ले उनलाई प्रत्यक्ष भेट्न पाएकोमा बढि हर्षित भएका थिए।


उत्तकार्यक्रम का बिशेष अतिथि भारत एण्टी टेरोरिष्ट फ्रन्टका प्रमुख एम एस विट्टा हुनुहुन्थ्यो ।


विभिन्न सामाजिक संस्थामध्येको एक क्रियशिल सामाजिक संस्थाको रुपमा कामगर्दै आएको पशुपति सम्पर्क मञ्चले बेसहरा र विधवाहरुलाई सिलाई मसिन र व्हील चियर वितरण गरेको थियो ।


कार्यक्रममा नेपाली दुतबासका प्रतिनिधिहरु , विभिन्न सामाजिक संस्थाका पदाधिकारीहरु ब्यावसायीहरु ,पत्रकारहरुको उपस्थिति थियो । उक्त कार्यक्रमको सञ्चालन नेपाल दर्शन साप्ताहिक का सहसम्पादक गोविन्द पोख्रेल ले गर्नुभएको थियो ।