शेयर बजार परिसूचक नेप्सेमा गिरावट

काठमाडौं  । यस साता पनि शेयर बजार परिसूचक नेप्सेमा गिरावट आयो । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ३ अंकले ह्रास भई अन्तिम दिन ५ सय ३६ दशमलब चार पाँच अंकमा आइपुग्यो ।


यस साता विकास बैंक, बीमा र उत्पादक मुलक समूह बाहेक अरु कारोबार भएका सबै समूहमा गिरावट आएसँगै साताको नेप्से घटेको हो ।


यस साता कारोबार रकम र कारोबार भएको शेयर संख्याको आधारमा ग्लोवल आइएमई बैंक एवं कारोबार संख्याको आधारमा कमर्ज एण्ड ट्रष्ट बैंक नेपाल अग्रस्थानमा रहे ।



कारोबार रकमकै आधारमा ग्लोबल आइएमई बैंकलाई नेशनल लाईफ इन्स्योरेन्स कम्पनी, एभरेष्ट बैंक, चिलिमे हाइड्रो पावर कम्पनी र नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले क्रमशः पच्छ्याउन पुगे ।


यस साता सहयोगी विकास बैंक, गुराँस लाईफ इन्स्योरेन्स कम्पनी, पश्चिमान्चल फाइनान्स, निर्धन उत्थान बैंक, ओम फाइनान्स, लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी र स्ववलम्वन लघुवित्त विकास बैंकको वोनस शेयर सूचीकृत भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

 

RSS