काठमाडौं । मंगलबार पनि शेयर बजारमा सुधार जारी रह्यो । बजार परिसूचक नेप्से निरन्तर उकालो लागेर ४ अंक बढीले उकालो लाग्यो । नेप्से ५ सय ४८ दशमलब तीन दुई कायम भयो । कारोबार भएका अधिकांश समूहका सूचक सकारात्मक रहे संगै नेप्से सुधारिएको हो ।
अन्य समूह १० अंकले बढ्यो भने होटल समूहमा पनि ९ अंकको बृद्धि भयो । जलविद्युत समूह भने ऋणात्मक रह्यो ।



