काठमाडौं । नेपाली उत्पादनलाई भन्सार सहुलियत दिन पाकिस्तान सरकार तयार रहेको छ । नेपाल पाकिस्तान संयुक्त आर्थिक आयोगको दुईदिने बैठकमा पाकिस्तानमा निर्यात बढाउन सुविधा दिने विषयमा सहमति भएको हो । यस्तै पाकिस्तानी निजी क्षेत्र नेपालमा लगानी गर्न अत्यन्त इच्छुक रहेको तर त्यसका लागि सहज वातावरण बनाइदिनुपर्नेमा जोड दिएको बैठकमा सहभागि नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष सुरेन्द्रवीर मालाकारले जानकारी दिए ।
दुई दिने बैठकमा सहभागि भई विहिबार स्वदेश फर्किएको अर्थमन्त्री शंकरप्रसाद कोइरालाको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गरी आठ वर्ष पछि बसेको बैठकमा दुई देशबीच व्यापार अभिबृद्धि गराउन महत्वपूर्ण प्रयास भएको मन्त्री कोइरालाले बताए ।



