बारा । बाराको छाता पिपरा गाउँ विकास समितिको नितनपुरस्थित भगवती स्टील प्रालिमा आज विहान आगलागी हुँदा दुई जनाको मृत्यु भएको छ ।
आगलागीबाट एक करोड रुपैयाँ भन्दा वढीको धनमाल क्षति भएको जनाइएको छ ।
वेल्डिङ गर्ने क्रममा आगोको झिल्का उछिट्टिएर भएको आगलागीमा परेर बारा भथौडा गाविस वडा नम्बर ३ ब्रह्म्हपुरीका २५ वर्षीय कन्हैया साह र छातापिपरा गाविस वडा नम्बर ६ का २० वर्षीय नरेश पासवानको मृत्यु भएको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।
आगलागीबाट उद्योगमा एक करोड रुपैयाँ भन्दा वढीको क्षति भएको अनुमान गरिएको छ ।
RSS