शेयर बजार ओरालो

काठमाडौं  । सोमबार पनि शेयर बजार ओरालो लाग्यो । बजार परिसूचक नेप्से उतारचढावबीच करिब डेढ अंकले झरेर ५ सय ४६ दशमलब छ सात कायम भयो । वाणिज्य बैंक लगायत कारोबार भएका मध्ये आधा भन्दा बढी समूह रातो रहेसंगै नेप्से ऋणात्मक रहेको हो ।


बीमा, वाणिज्य बैंक, अन्य र विकास बैंक ओरालो लागे भने जलविद्युत, होटल र वित्त समूह सकारात्मक रहे । जलविद्युत समूहमा १९ अंकको उच्च बृद्धि भयो । बीमा समूह सबैभन्दा उच्च ९ अंकले झर्यो ।



कारोबार परिमाण भने यस दिन पनि उच्च नै रह्यो । यस दिन नेपाल स्टक एक्सचेन्जमा १ सय १३ कम्पनीको ६ लाख ५५ हजार बराबर कित्ता शेयर २० करोड १७ लाख रुपैयाँमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।

 

RSS