काठमाडौं । अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ हालसम्मकै कमजोर बनेको छ । आजका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलर बराबर १ सय ८ रुपैयाँ नब्बे पैसा तोकेको छ ।
अमेरिकी डलरको तुनलामा भारतीय रुपैयाँ हालसम्मकै कमजोर हुँदा त्यसको प्रत्यक्ष असर नेपाली रुपैयाँमा पनि परेको हो ।
भारतसँगको स्थिर विनिमयदरका कारण भारतीय रुपैयाँ कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुने गरेको छ । आज एकै दिन अमेरिकी डलर ३ रुपैयाँ ५८ पैसाले महङ्गो भएको हो । बुधबार प्रतिडलर १ सय ५ रुपैयाँ ३२ पैसामा कारोबार भएको थियो ।
RSS