हङकङमा जिसिआईको शेयर प्रमाणपत्र बितरण
ग्लोबल क्यापिटल ईन्भेष्टमेन्ट लिमिटेडको हङकङ इकाईले आफ्ना सेयर सदस्यहरुलाइ सेयर प्रमाणपत्र बितरण गरेको छ । कम्पनिको तर्फबाट २५ अगष्ट २०१३ मा हङकङको फुलवारी क्लबमा एक कार्यक्रमको आयोजना गरि शेयर प्रमाणपत्र बितरण गरिएको हो ।
नेपालको कृषि क्षेत्रमा लगानी गर्ने मुख्य उद्धेष्य राखेर कम्पनिले केहि बर्ष भित्रै नेपाललाई प्राङ्गारिक राष्ट्र घोषण गरिने लक्ष्य लिएको जिसिआइका बोर्ड डाइरेक्टर ललित आङबुहाङले बताउनुभयो । आधुनिक प्रविधिबाट खेती गर्ने, वायु तथा सौयशक्तिबाट बिजुली उत्पादन गर्ने, पर्यटन प्रवद्र्धन तथा रियल स्टेटमा लगानि गर्ने उद्देश्यले जिसिआईको स्थापना गरिएकाले नेपाल र प्रवासमा रहेका नेपालीहरुको बचत पूजी लगानि गरि नेपालको अर्थतन्त्रमा आमूल परिवर्तन ल्याउने उद्देश्य राखेको पनि आङबुहाङले बताउनुभयो ।
निकट भविष्यमा जिसिआईले काठमाण्डौको तारे होटल तथा मिसन कार्यालयहरुमा अर्गानिक तरकारी सप्लाई गर्ने योजनामा रहेको पनि उहांले जनाउनुभयो । आङबुहाङले ढुक्क भएर नेपालको अर्थतन्त्र परिवर्तन गर्न अभियान सुरु गरिसकेको जिसिआईमा लगानी गर्न सबैलाई आग्रह पनि गर्नुभयो । उक्त कार्यक्रममा लगानी गरेर प्रमाणपत्र लिने शेयर सदस्यहरुलाई बोर्ड डाईरेक्टर आङबुहाङले बधाई तथा शुभकामना दिनुभएको थियो ।
केही महिना अघि मात्र विशेषज्ञ टोली खटाई पूर्वी पहाडी ताप्लेजुङ जिल्लाको निघुरादिन, चॉगे तथा ढुंगेसाघु गाविसमा ५ हजार कफिको विरुवा सारिसकिएको र छिट्टै ताप्लेजुङलाई कफि खेतीको पकेट क्षेत्र बनाउने गरि यसको बिस्तार गरिने पनि कार्यक्रममा जानकारी गराइएको थियो ।
कार्यक्रममा उपष्थित अर्का बोर्ड सदस्य ज्यास बहादुर ओख्राबुले कम्पनि नेपाल र हङकङमा मात्र सिमित नभई यूरोप, जापान,आएरल्याण्ड, दुवई लगायत अन्य ३५ देशहरुमा इकाई गठन गरि लगानि गर्ने गराउने कार्य तिव्र रुपमा भै रहेका बताउनुभयो । जि सि आई नेपाल तथा नेपाल बाहिर रहेका लगानिकर्ता नेपालीहरुको संयोजनबाट सञ्चालित कम्पनि भएकोले देश विदेशको अनुभवको संयोजन गरि नेपालको बिकासमा प्रयोग गरिने पनि ओख्राबुले बताउनुभयो । जि सि आई ले लिएको उद्देश्यमा नेपाल सरकारको पनि उत्तिकै सहयोग र समर्थन भएकाले ढुक्क भएर कम्पनिमा लगानि गरि आकर्षक मुनाफा लिन पनि उहांले आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा जिसिआईका अध्यक्ष देवमान हिराचनले पठाउनुभएको शुभकामना मन्तब्य पढेर सुनाईएको थियो । मन्तब्यमा अध्यक्ष हिराचनले सेयर प्रमाणपत्र लिनुहुने सदस्यहरुलाई बधाइ एवं शुभकामना दिदै ढुक्क भएर कम्पनिले सञ्चालन गरेको नेपाललाई केहि बर्षभित्र आर्थिक परिवर्तन गर्ने अभियानलाइ साथ दिन आग्रह गर्नुभएको थियो । उहांले प्रत्यक सदस्यहरुले गरेको लगानिको सदुपयोग गरी कम्पनीले लिएको उद्धेष्य प्राप्तीमा प्रतिवद्ध हुने प्रतिवद्धता पनि ब्यक्त गनुभयो ।
कार्यक्रममा हङकङबाट कम्पनिमा सेयर लगानी गर्ने शेयर सदस्यहरुलाई सेयर प्रमाणपत्र बितरण गरिएको थियो ।