बिनोद श्रेष्ठ “क्रान्ति”
दुबई – गोरखा सेवा समाज यूएइले ड्रिम पोइन्ट हल काठमाडौंमा एक सम्मान तथा शुभकामना आदन प्रदान कार्यक्रम सम्पन्न गर्यो। गोरखा जिल्ला बाट २०६९ सालको एस.एल.सी परिक्षामा प्रथम हुने छात्र र छात्रालाई उक्त कार्यक्रमका बिच सम्मान गरिएको हो। गोरखा सेवा समाज यूएईका सचिब तथा सम्मान कार्यक्रमका संयोजक श्री भिम श्रेष्ठ को सभापतित्वमा सम्पन्न सो कार्यक्रममा गोरखा समाज केन्द्र नेपालका अध्यक्ष भाश्कर कुमार श्रेष्ठ प्रमुख आतिथी रहनु भएको थियो। अन्य अतिथिहरूमा ए.बि.सि टेलिभिजनका एकेन्द्र रसाइली, रामकुमार नेपाली, गोबिन्द बास्कोटा, महेश गुरुङ, सुर्य बहादुर नेपाली र मन कुमारी गुरुङ रहनु भएको थियो। राष्ट्रिय गान बाट सुरु भएको उक्त सम्मान कार्यक्रममा शंकर लामिछानेले उपस्थित सबैलाई स्वागत गर्नुको साथै शंकर कुमार प्रधानले क्रार्यक्रम संचाल गरेका थिए।
गोरखा जिल्ला बाट २०६९ सालको एस.एल.सी परिक्षा मा सर्बोत्कृष्ट अंक प्राप्त गर्ने श्री सरस्वती उच्च माध्यमिक बिद्यालय अहालेका अन्जन नेपालीले ८८.८८% अंक प्राप्त गरी छात्र तथा वर्ल्ड क्यापिटल उच्च माध्यमिका बिध्यालायकी ममता गुरुङ ले ८५% अंक प्राप्त गरी छात्रा तर्फ प्रथम हुन सफल भएका थिए। छात्र तर्फ जिल्ला प्रथम हुने अन्जन नेपालीले एस.एल.सी प्रथम भएकोमा खुशी तथा चुनौती रहेको बताउनु हुँदै सम्मान गरेकोमा गोरखा सेवा समाज यूएइ प्रति हार्दिक आभार प्रकट गरे। आफ्नो अनुभब सुनाउदै ममता गुरुङ्ले सफलताको श्रेय आफ्नो परिवार र शिक्षकलाई दिन चाहिन्। बिशेष गरी गोरखा सेवा समाज यूएइलाई आभार प्रकट गर्दै बिदेशमा रहेर पनि जिल्ला बासीको शिक्षा प्रति देखाएको चासोको निकै प्रशंशा गरिन् ।मन्तब्य दिने क्रममा प्रमुख अतिथी भास्कर कुमार श्रेष्ठले गोरखा सेवा समाज यूएइले गरेको उक्त कार्यक्रमको खुलेर प्रशंसा गर्दै गोरखा सेवा समाज यूएई संग हातेमालो गर्ने चाहना प्रकट गर्नुभएको थियो। साथै पुरस्कृत हुने दुबै जनालाई बधाई तथा शुभकामना दिनुभएको थियो। कार्यक्रममा बोल्ने सबै अतिथिहरूले पुरस्कृत हुने दुवै जनालाई बधाई शुभकामना दिनुभएको थियो।
प्रथम हुने दुबैलाई गोरखा सेवा समाज यूएइका केन्द्रिय सचिब तथा कार्यक्रमका सभापती भिम श्रेष्ठले क्रमश: सम्मान पत्र तथा नगद रु. ५०००/- प्रदान गर्नु भएको थियो। सभापती श्रेष्ठले एस.एल.सी जिल्ला प्रथम हने छात्रा/छात्र क्रमश: ममता र अन्जनलाई बधाई तथा शुभकमना दिदै आँफु माथि थपिएको चुनौती लाई नभुल्न सुझाब दिनुभयो। साथै श्रेष्ठले पुरस्कृत हुने छात्र र छात्राका अविभावक लाई खादा ओडाएर सम्मान गर्नुभयो। कार्यक्रमको अन्त्य तिर आउन गोरखा घुम्न जाऔ भन्ने गितको बोल साथै तीजको गीतमा अथिति तथा सहभागि सबैले कम्मर मर्काइ मर्काइ नाचेर कार्यक्रमको रैानक बडाएका थिए।