काठमाडौं । अमेरिकी डलर उकालो लाग्दै उचाईको नयाँ रेकर्ड राख्ने क्रम बुधबार पनि जारी रह्यो । नेपाली रुपैयाँको तुलनामा अमेरिकी डलर बुधबार पुनः हालसम्मकै महङ्गो भएको हो । १ अमेरिकी डलरका लागि नेपाली १ सय १० रुपैयाँ तिर्नुपर्ने भयो । बुधबारका लागि नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलर बराबर १ सय ९ रुपैयाँ ३ पैसा नेपाली रुपैयाँ तोकेको हो ।
बैंकहरुले राष्ट्र बैंकले तोकेको विक्री मूल्य भन्दा बढिमा कारोबार गरेका छन् । मंगलबारको तुलनामा बुधबार एकै दिन डलरको भाउ २ रुपैयाँ ९७ पैसा बढेको हो ।
मंगलबार राष्ट्र बैंकले डलरको बिक्री मूल्य १ सय ६ रुपैयाँ ६ पैसा कायम गरेको थियो । अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर हुँदै जादा त्यसको असर नेपाली मुद्रामा पनि परेको हो ।



