प्रहरीले पोखरा र लेखनाथका विभिन्न होटल, लज, गेष्टहाउस तथा सार्वजनिक स्थलमा आपत्तीजनक अवस्थामा ३६ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा १७ पुरुष र १९ महिला छन् ।
नियमित चेकजाँचका क्रममा सामाजिक मर्यादाबिपरीत काम गरेको भन्दै उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा २ मलेसिया र ७ भारतीय नागरिक छन ।
सेतीबगर, लेकसाईड, सृजनाचोक, ड्यामसाइड, पृथ्वीचोक, दीप र लेखनाथको सुन्दरीडाँडाबाट उत्रीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
RSS