शेयर बजारमा सुधार, जलविद्युत र वाणिज्य बैंक समूहमा उच्च अंकको सुधार

काठमाडौं  । साताको पहिलो दिन आइतबार शेयर बजारमा सुधार भयो । बजार परिसूचक नेप्से साढे पाँच अंकले बढेर ५ सय ५२ मा पुग्यो । यसदिन जलविद्युत र वाणिज्य बैंक समूहमा उच्च अंकको सुधार आएसँगै नेप्से बढेको हो ।


जलविद्युत समूह सबैभन्दा उच्च ३० अंक बढिले र वाणिज्य बैंक समूह पनि ८ अंक बढिले उक्लियो । वाणिज्य बैंकहरुले धमाधम लाभांश घोषणा गर्न थालेसंगै यो समूहको सूचकमा सुधार आउन थालेको हो ।


यसदिन ९६ कम्पनीको ४ लाख १८ हजार बराबर कित्ता शेयर २३ करोड ५१ लाख रुपैयाँ बराबरमा खरिद विक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।


यसदिन नविल बैंकको शेयर भाउ सबैभन्दा बढी १ सय ८२ रुपैयाँले बढ्यो भने एभरेष्ट बैंकको शेयर भाउ १ सय २८ रुपैयाँले घट्यो ।


आइतबार नै मेगा बैंकको शेयर १ सय ८८ रुपैयाँमा कारोबार भएको एक्सचेन्जले जनाएको छ ।

 

RSS