– उमाकान्त पाण्डे ‘गाउंले’
भाद्र २५,दुबइ- एनआरएन यूएईको पाँचौ महाधिवेशन नजिकिदै गर्दा चुनावी रस्साकस्सी बढेको छ । उम्मेदवारको नामावाली पनि सार्वजनिक भईसकेको छ । उम्मेदवारी सार्वजनिक भए लग्गत्तै प्यानल बनाएर उम्मेदवार चुनावी मैदानमा पनि छन । स्रोतका अनुसार चुनावी मैदानमा खास गरी एमाले तथा एमाओवादी निकटको लबिङ बढेको पाइएको छ । ‘त्यसो त केही अन्य पदका लागि स्वतन्त्र देखिएकाहरुको पनि उम्मेदवारी छ’ स्रोतले भन्यौ ।
निर्वाचनका लागि उम्मेद्वारी दर्ताको अन्तिम समयसम्ममा अध्यक्षमा २ र महासचिवमा ३ जनाले उम्मेद्वारी दर्ता गराएका छन् । अध्यक्षमा वर्तमान उपाध्यक्ष समेत रहेका कृष्ण भुसाल र महासचिव सन्तोष प्रसाइले उम्मेदवारी दिएका हुँन ।
उनीहरुको उम्मेदवारी सगै चुनावी सर्गमी बढेको हो । यस् सगै सघंको वर्तमान कार्यसमितिका पदाधिकारीहरु सहमती बाट नेत्रित्व लगायत पूर्ण कार्य समिति बनाउने प्रयासमा लागेको बुझिएको छ ।
हामीलाई प्राप्त स्रोत अनुसार सहमतीको प्रयास सफल भएको छ । उम्मेदवार बिच सहमती गराएर नयाँ कार्यसमिति गठन गर्न महाधिवेशन सम्म पर्खिनु पर्छ,संघका वर्तमान अध्यक्ष चन्द्र बहादुर रोकाहाले बताए ।
हामीलाई प्राप्त समाचार स्रोतका अनुसार एनआरएन यूएईको अध्यक्षमा कृष्ण भुसाल आउने पक्कापक्की भएको छ । त्यस्तै अर्का प्रत्यासी सन्तोष प्रसाइ एनआरएन आइसीसी सदस्यको रुपमा जानेछन ।
त्यस्तै उपाध्यक्षमा वर्तमान कार्य समितिमा समेत उपाध्यक्ष रहेका बिकास अधिकारि र हाल कोषाध्यक्ष रहेका कपिल खड्का उपाध्यक्षमा रहने बताइएको छ । साथै उपाध्यक्षका अर्का उम्मेदवार सुदिप कार्कीलाई पनि समेट्न प्रयास गरिएको छ ।
विधानत दुई उपाध्यक्ष रहने र आबश्यकता अनुसार थप १ गरी ३ सम्म बनाउन सक्ने प्रावधान रहेको रोकाहाको भनाइ छ । यधपी बिधानलाई केही खुकुलो बनाएर उपाध्यक्षमा ३ जना राख्ने तयारी भएको उम्मेदवार मध्ये(नाम नखुलाउने सर्तमा) बताए ।
त्यसैगरी महासचिव पदमा वर्तमान सचिव गोपाल कंडेल आउने र माहासचिवका अर्का दावेदार लेखनाथ न्यौपानेलाई सचिवको जिम्मेवारिमा दिने आन्तरिक सहमती भएको समाचार स्रोतले बताएको छ ।
त्यसैगरी सचिवमा पुष्प बहादुर कार्की र गोपाल शर्माको उम्मेद्वारी परे पनि सहमतीका लागि माहासचिवका दावि गरेका लेखनाथ न्यौपानेलाई सचिवमा ल्याउन प्रयास गरिएको छ ।
संघका वर्तमान अध्यक्ष समेत रहेका चन्द्र बहादुर रोकाहको भनाइ अनुसार सहमतीका लागि प्रयास गरिएको र दावी बिरोध पछि अन्तिम नामावली प्रकाशन गर्ने समय सम्म सहमती जुटाउने ‘सल्लाह’ गरिएको छ ।
त्यस्तै कोषाध्यक्षमा भने दधिराम पाठक एक जनाको मात्र उम्मेद्वारी परेकोले उनि निर्बिरोध चयन भएका छन् | युवा संजाल प्रतिनिधिमा रुन्चे गायक प्रकाश पौडेल तथा पुरुषोत्तम सुबेदीको उम्मेदवारी भए पनि सहमतीमा प्रकाश आउने निस्चित भएको स्रोतको दावी छ ।
१३ जना केन्द्रीय सदस्य पदको लागि आव्हान गरिएकोमा ६ जनाको मात्रै उम्मेद्ववारी परेकोले उनीहरु निर्बिरोध हुने पनि बुझिएको छ ।
हरिशरण केसी, रामकुमार ढुंगेल, ऋसिराम बस्याल, मोहमद नोमन सिद्दिकी, शंकर प्रसाद न्यौपाने र राजुराज फुयाल केन्द्रिय सदस्यमा निर्बिरोध हुने भएका छन ।
गैर आवासीय नेपाली संघ राष्टिय समन्वय परिषद यूएईको पाचौ महाधिवेशन सेप्टेम्बर १३ शुक्रबार हुदै छ ।