खेलाडीलाई यूएई बाट करिब ३ लाख रुपैया सहयोग

– उमाकान्त पाण्डे गाउंले 
दुबइ – भाद्र ३१ – ‘सास रहुन्जेल आश गर्नु’, रात रहे अग्राख पलाउछ । यस्तै भनाइलाई आत्म साथ गर्दै हिंडेका खेलाडी अशोक खड्कालाई यूएईबाट आर्थिक सहयोग गरिएको छ । 
दुबइमा गत हप्ता सम्पन्न गैर आवसिय नेपाली सघ यूएईको कार्यक्रममा ३ लाख ७ हजार ६५ रुपैया सकंलन गरी सहयोग गरिएको हो । 
उनलाई एनआरएनका लागि अध्यक्ष पदमा अस्ट्रेलिया बाट उम्मेद्ववारी दिएका शेष घलले एक लाख, तेन्जीं शेर्पाले ५० हजार रुपैया सहयोग गरेका थिए । त्यस्तै हालै एनआरएन यूएईका अध्यक्षको रुपमा निर्वाचित कृष्ण भुसालले पनि करिब ३५ हजार नेपाली रकम सहयोग गरेका थिए । अन्य रकम भने कार्यक्रममा उपस्थित नेपालीहरुले सहयोग गरेका हुन ।
तेक्वान्डो खेलाडी अशोक खड्काको अभियानलाई साथ दिन युएईमा यो रकम सकंलन भएको हो ।
 
तेक्वान्डो खेलमा अन्तरास्ट्रिय क्षेत्रमा पहिचान बनाएका खड्काको अन्तरष्टिय खेलमा खुट्टा भाचिए पनि खेल नछाडी लडेका थिए । भारतको लखनउमा भएको दोस्रो अन्तराष्ट्रिय तेक्वान्डो प्रतियोगितामा विपक्षी सगं लड्ने बेला उनको बाँया खुट्टा भाचिएको थियो । 
खेल खेल्ने क्रममा खुट्टा भाचिए पनि उनी खेलेका थिए । उनले सो खुट्टाको अहिले सम्म १२ पटक अप्रेसन गरिसकेका छन । तर पनि अहिले सम्म उनी सिधा टेक्न सक्दैनन । 
आफ्नो स्वास्थ उपचारको लागि बिभिन्न क्षेत्र बाट सहयोग मिले पनि सरकार तथा खेलकुद समितिले वास्ता नगरेको उनले बताए।
खड्काको उपचारका लागि यस् अघि राष्ट्रिय ,अन्तरास्ट्रिय खेलाडी संघको पहलमा अढाई लाख रुपयाँ उठाइएको थियो  । त्यसबाहेक खासै सहयोग नजुटेको खड्काले बताए ।  हाल ८ वटा  तेक्वान्डो डोजाङमा तालिम दिई रहेपनि आम्दानी हुन नसकेको उनको भनाइ छ । उनले रक्षा नेपालमा आश्रीत असहायहरुलाई निसुल्क तालिम दिइरहेका छन्  ।  त्यस्तै मुलपानीमा चेपांगहरुलाई पनि तालिम दिएको उनले बताए  ।
भनिन्छ खेलाडीहरु भनेका देशका गहना हुन । राष्ट्रको नाम उचो पार्नका लागि आफ्नो ब्यातिगत स्वार्थ भन्दा माथि उठेर खेल खेल्ने गर्दछन। तर जब उनीहरुलाई संकट आइपर्छ तब सुन्ने कोही हुँदैन । त्यस्तै कथाका पात्र बनेका तेक्वाण्डो खेलाडी असोक खड्कालाई आमसर्वसाधारण बाट भने सहयोग जुट्न लागे पछि आत्मबिश्वास बढाउदै जीवनको अन्तिम पल सम्मपनि तेक्वान्डोमा समर्पित हुने उनको भनाइ सार्वजनिक हुँदै गर्दा कार्यक्रममा उपस्थीत धेरैका आँखा रसाएका थिए। कार्यक्रममा उपस्थित सबैले आफुले सक्दो सहयोग गरेर खेलाडी खड्काको आत्मबल बढाएका हुँन ।