शेयर बजारमा गिरावट जारी

काठमाडौं । साताको अन्तिम दिन बिहीबार पनि शेयर बजारमा गिरावट जारी रह्यो । बजार परिसूचक नेप्से करिब ३ अंकले झरेर ५ सय ४८ मा आइपुग्यो ।


होटल बाहेक कारोबार भएका सबै समूह रातो रहेसंगै नेप्से झरेको हो । जलविद्युत समूहमा सबैभन्दा उच्च ३४ अंकको गिरावट आयो । होटल समूहमा भने १२ अंकको सुधार भयो ।


यस दिन कारोबार परिमाण पनि पछिल्ला दिनको औसत परिमाणको तुलनामा न्यून रह्यो ।


यस दिन नेपाल स्टक एक्सचेन्जमा १ सय ३ कम्पनीको ४ लाख ७ हजार कित्ता शेयर १२ करोड ९० लाख रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।

 

RSS