काठमाडौं । यस साता पनि शेयर बजार परिसूचक नेप्सेमा गिरावट जारी रह्यो । गत साता साढे २ अंकले घटेको नेप्से यस साता पनि १ अंक बढिले घट्यो । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १ दशमलब शून्य तीन अंकले ह्रास भई अन्तिम दिन ५ सय ४८ दशमलब छ पाँच अंकमा आइपुग्यो ।
जलविद्युत समूह र वाणिज्य बैंक समूहमा गिरावट आएसँगै साताको नेप्से झरेको हो । जलविद्युत समूह सबैभन्दा उच्च १६ अंक बढिले र वाणिज्य बैंक समूहमा पनि ४ अंक बराबरले गिरावट आयो ।
यस साता नेपाल स्टक एक्सचेन्जमा १ सय ३४ कम्पनीको ८ हजार १ सय ८१ कारोबारबाट ५८ करोड ७९ लाख रुपैयाँ बराबरका २१ लाख ११ हजार कित्ता शेयरहरु खरीद बिक्री भए ।
गत साता १ सय ३९ कम्पनीको ११ हजार ६ सय ४३ कारोबारबाट ९७ करोड २६ लाख रुपैयाँ बराबरका २५ लाख २२ हजार कित्ता शेयरहरु खरीद बिक्री भएका थिए । कारोबार रकममा पनि गत साताको तुलनामा साढे ३९ प्रतिशतले ह्रास भएको हो ।
यस साता कारोबार रकमको आधारमा एभरेष्ट बैंक, कारोबार भएको शेयर संख्याको आधारमा सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम १ र कारोबार संख्याको आधारमा मेघा बैंक नेपाल अग्रस्थानमा रहे ।



