दुर्घटनामा ३ को मृत्युपछि तनाव/एक राउण्ड हवाइ फायर

विद्रोही गिरी – पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको प्रगतिनगरमा बसको ठक्करबाट  मोटरसाइकलमा सवारमा तीन जनाको घटनास्थलमै ज्यान गएपछि तनाव भएको छ । 
काठमाडौंबाट भैरहवाका लागि छुटेको लु १ ख ७३६४ नम्बरको बसले विपरित दिशातर्फ गईरहेको ना १९ प ८३०४ नम्बरको  मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाकलमा सवार प्रगतिनगर ६ का रामप्रसाद भुषाल उहाँकी छोरी लक्ष्मी भुषाल  तिवारी र नाति युगल तिवारीको घटनास्थलमै ज्यान गएको ईलाका प्रहरी कार्यालय कावासोतीले जनाएको छ ।
श्राद्ध खाँएर  छोरीलाई रजहर घर पुर्याउन जाँदा भुषालले चलाएको मोटरसाइकललाई बसले ठक्कर दिएको थियो ।
दुर्घटनापछि आक्रोशित स्थानीयबासीले ठक्कर दिने बसमा आगजनी गरेका छन् । प्रहरीले शव समेत उठाउन सकेको छैन् ।  स्थानीयबाबासिन्दा र प्रहरीबीच तनाव उत्पन्न भएपछि प्रहरीले एक राउण्ड हवाइ फायर गरेको  छ ।

अन्य समाचारहरु