काठमाडौं । सोमबार पनि शेयर बजार वियरिष ट्रेण्ड मै रह्यो । यस दिन बजार निरन्तर ओरालो लाग्यो । बजार परिसूचक नेप्से ३ अंकले झरेर ५ सय ३८ मा आइपुग्यो । होटल बाहेक कारोबार भएका अरु सबै समूह ओरालो लागे संगै नेप्से झरेको हो ।
बीमा समूह सबैभन्दा उच्च २० अंकले झर्यो भने जलविद्यत र उत्पादनमूलक समूह पनि १०-१० अंकले ओरालो लागे । होटल समूहमा भने १० अंकको सुधार भयो ।



