यस साता उतारचढावबीच स्थानीय बजारमा सुनको भाउ तोलामा ५ सय रुपैयाँले कमी

काठमाडौं । यस साता उतारचढावबीच स्थानीय बजारमा सुनको भाउ तोलामा ५ सय रुपैयाँले कमी आयो । आइतबार प्रति दशग्राम ४७ हजार ५ सय ८५ अर्थात तोलाको ५५ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबारसम्म आइपुग्दा ५ सयले घटेर तोलाको ५५ हजारमा कारोबार भयो ।

 

यस्तै चाँदीको भाउ पनि तोलामा १८ रुपैयाँले घटेर ९ सय १० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सरकारले भन्सार दर बढाएकाले यो साता सुनको भाउमा धेरै कमी आउन नसकेको महासंघले जनाएको छ ।


सरकारले प्रति १० ग्राम सुनको भन्सार दर तीन हजार ६ सयबाट बढाएर ५ हजार २ सय रुपैयाँ पु-याएको थियो । नयाँ भन्सार दर कामय नगरेको भए करिब २ हजार रुपैयाँले सनु सस्तिने महासंघले जनाएको छ । IAMGECHANNEL