– युवराज खत्री
१ नोभेम्बर २०१३ मानमाको गुदबिया कर्नाटका सोसिअल क्लबमा भएको सो कार्यक्रममा अर्घाखाँची प्रवासी समाज बहराइनका बरिस्ठ सल्लाहकार सुर्य थापाको सभापतित्योमा प्रमुख अथिति बहरैनका लागि नेपाली कार्यबाहक राजदुत डा.दुर्गा वहादुर सुबेदी,बिशेष अथिति नेपाली क्लबका मानार्थ समाज सेबी गम गुरुङ बाट सामुहिक दीप जलाई कार्यक्रमको संमउद्घघाटन गर्नु भएको थियो ।
अर्घाखाँची प्रवासी समाज बहराइनका माहासचिब केसब थापाले औपचारिक कार्यक्रमको संचालन गर्नु भएको थियो भने सास्कृतिक कार्यक्रमको उद्घोष ख्याती प्राप्त लोक गायक आसिम महतले गर्नु भयको थियो भने सस्थाका प्रथम उपाध्क्षय युबराज खत्रीले स्वागत मन्तब्य राख्नु भएको थियो ।
औपचारिक कार्यक्रम दिनको २ :०० बजे सुरु भएको थियो । ख्याती प्राप्त लोक गायक आसिम महतको आफ्नै रचनामा स्वागत गीत सस्थाका अधक्ष्य करन थापा बिस्वो बिनोद साथमा अन्य कलाकाहरुले विभिन्न संग सस्था बाट पाल्नु भयका अथिति,बहरैनमा ब्यबसाय गरि बस्नु हुने ब्यबसाय तथा अस्थ बेस्थाताका साथ पनि क्रयक्रमको शोभा बढाईदिन उपस्थित दर्सकहरुलाई स्वागत गर्नु भयको थियो।
दुइ दर्जन भन्दा बढी बहराइनमा रहेका किर्यासिल संग सस्थाको उपस्थिति रहेको कार्यक्रममा बहराइनका कार्यबाहक राजदुत डा.दुर्गा वहादुर सुबेदी ज्युले मन्तब्य राक्दै नेपाली राजदुताबासको तर्फबाट साथै आफ्नो तर्फ़ सम्पूर्ण देश विदेशमा रहनु हुने नेपाली दाजु भाई तथा दिदि बहिनि हरुमा तिहारको शुभ कामना ब्यक्त गर्नु भयोको थियो ।
मन्तब्य दिने क्रममा नेपाली क्लब का मानार्थ समाज सेबी गम गुरुङ, जनप्रगतिशील मञ्चका अध्यक्ष श्री धर्म भट्टराई सस्था का अध्यक्ष श्री करन थापाले आफ्नो आफ्नो विचारका साथ तिहारको शुभ कामना दीनु भयको थियो ।
अर्घाखाँची प्रवासी समाज बहराइनको निम्तो लाइ स्वीकार गरि बाक्लो सङ्ख्या मा दर्सकहरु को उअस्थिति थयो |उक्त कार्यक्रममा करिब डेड दर्जन जति गित र निर्त्य प्रस्तुत गरिएको थियो |
बहराइन नेपाली आइडलका बिजेता सगर राई सस्था का अधक्ष्य करन थापा सुबास परिवार र बिदुर राई सामुहिक रुपमा ”ठुला ठुला महल होइन” प्रस्तुत गर्नु भयको थियो , “तिहारै आयोनि” नृत्य सुनिता दोङ्ग सबिना धिमाल, ”लाउरे मत सोल्टीना” नृत्य विश्वास थापा शुसीला नेमबंग,”म त नेपाली ठिटो”गीत अरुन क्षेत्री,”एकै नजरमा”गीत विश्वास थापा,नृत्यमा सगर लामा, ”भैलेनी र सोरटी” लुलु नेपाली समूह ”रातो लाली फुले झैँ साँझमा” गीत अर्जुन दुलाल ”साझ ढल्दै जान्छ” गीत कृष्ण राई, “झिलिमिली दिपावली साझ” नृत्य सबिना धिमाल, ”हाबा चल्छ सरर ”गीत बिस्वो बिनोद ,”दसैँ तिहार आउदा”गीत सरिता दर्लामी ,”ए साईलि आउन पिरती लाउन”गीत सुर्य बलामी, ”हुकका मेरो डल्ले डल्ले” पपगीत दीपक शर्मा ,”चाड बाड ना आको राम्रो लाउरेलाई ” गीत यम श्रीस, ,”मलाई जसले ” रञ्जन सुबेदी ,”गजल” बाचन दीपा थापा मगर ” लैजारे ” गीत सुबास परिवार ”हातमा रुमाल हल्लाई” निर्त्य राम वहादुर रायमाझी सम्पूर्ण कलाकारहरुको धमाकेदार पस्तुतिले उपस्तिथ सबैमा केहि समयको लागि भयपनी सबथोक बिर्सेर भरपूर्ण मनोरंजन लियका थियl साथ साथै आसिम महत, बिस्वो बिनोद, करन थापा लगायत लोक पारखीका लागि ” चिसो चिसो हावा सरर” लगायत आधा दर्जन भन्दा धेरै लोक दोहारी गीतहरुले सहयोगी कलाकारहरुको संयुक्त रुपमा महोलनै यस्तो थियोकि उपस्तित सबैजना आ-आफ्नो ठाउँबाट नाच्न बाद्य भयका थियो ।
साथै सबै कलाकारहरुको गलामा मखमलीको मालाले गर्दा बिदेशमा भयपनी नेपालमा भयको अनुभूति बनायको थियो ।
अन्त्यमा कार्यक्रम संचालक आसिम महत ले कार्यक्रममा सहयोग गर्ने सम्पूर्ण कलाकारहरु प्राविधिकमा सहयोग गर्ने सस्थाका सह-सचिब दिनेश भाट सहयोगी संचालक करन थापा औपचारिक उदघोस केशब थापा लगायत सम्पूर्णलाई धन्यवाद दिदै कार्यक्रम बाट ओझेल पर्नु भयको थियो ।
सोहि कार्यक्रममा नेपाली क्लबको आयोजनम भयको सल्मानिया हस्पिटलमा रक्तदान कार्यक्रममा अर्घाखाँची प्रवासी समाज तर्फ़ बाट रक्तदान गर्नुहुने सस्थाका सह-कोषाधक्ष्य शिब थापा मगर तथा स्थापना कालदेखिनै विभिन्न आर्थिक नैतिक तथा बौदिकरुपबाट उल्लेखेनिया योगदान पुर्याउने सस्थापक महासचिब बाग्लुंग सेवा समाज बहराइन अन्तररास्ट्रिय सम्बाददाता ऐक्यबदता मासिक कृष्ण बहादुर हमाललाई उच्च सम्मान गर्दै सस्थाका सम्पूर्ण पधाकारी ज्यु बाट सामुहिक रुपमा सम्मान पत्र प्रदान गरियो ।
अन्त्यमा कार्यक्रमका सभापति सुर्य थापाले अथिति गण ,सयोगी कलाकारहरु तथा ब्यबस्थापन टिम लगायत सम्पूर्ण उपस्थित दर्सकहरुलाई व्यक्तिगत तथा आयोजकको तर्फ़ बाट धन्यवाद दिदै पबित्र पर्ब तिहारको शुभ कामनाका साथ कार्यक्रम को समापन गर्नु भएको थियो |