यूएईमा अलपत्र एक नेपालीको उद्दार

– उमाकान्त पाण्डे गाउंले 
दुबइ – पुस १४,यूएईको अजमानमा अलपत्र परेका एक नेपालीको उद्दार भएको छ । ११ महिना अघि यूएई आएका पाल्पाका गोबिन्द बहादुर थापा यहाँ आएको ३ महिनामै कम्पनी बन्द भए पछि अलपत्र परेका हुन । 
अजमानमा रहेको सामान्य चियापसल(क्याफ्टेरिया)मा काम गर्न आएका थापा कार्यरत पसल बन्द भएपछि अलपत्र परेका हुन । आफु कार्यरत पसल बन्द भएपछि काम र तलब बिहिन भएका थापालाई भिसा रद्द गरि स्वदेश पठाउने बहनामा मालिकले दुबइ विमानस्थलमा बोलाई उल्टै चोरीको आरोप लगाउदै राहदानी जफत गरेका थिए । बिमानस्थल पुगेका थापा स्वदेश फर्किन त सकेनन यता हातमा भएको राहदानी पनि जफत भए पछि अफ्ठारोमा परे । 
विमानस्थलबाट पुनह:कम्पनीकै कोठामा फर्किएर आफु बिचल्लीमा परेको गुनासो अर्घाखाँची संपर्क समिति यूएईका अध्यक्ष राजु खड्कालाई गरेपछि सहयोगी हात अगाडि बडेका हुन ।    
कम्पनी मालिकले कामदारलाई दिनुपर्ने सेवा सुविधा नदिन चोरीको आरोप लगाई प्रशाशनमा उजुरी दिएपछि समस्या झन थपिदै गएको समाजसेवी  खड्काले बताए । कानुनले अपराध भनेपछि आफुहरुले सल्लाह सुझाब बाहेक आन्तरिक रुपमा दवाव दिन नसक्ने समस्याका कारण उनको उद्दारमा खासै सहयोग हुन सकेन । 
अर्घाखाँची संपर्क समिति यूएईका अध्यक्ष खड्काले कम्पनी मालिक सँग सौहार्दरुपमा पटक पटक कुरा गरेपछि कामदारलाई दिन पर्ने केही सुबिधा नदिए पनि स्वदेश फिर्ने अनुमतीका लागि सहमती गरेर समाजसेवी खड्काले अर्घाखाँची सम्पर्क समिति र लुम्बिनी वेलफेयर यूएईको सहयोगमा रकम जम्मा गरी हवाइ टिकट उपलब्ध गराए पछि थापा नेपाल फर्किन पाएका हुन ।  उनी आउदो बिहीवार नेपाल फर्किदै छन ।