– उमाकान्त पाण्डे गाउंले
अबुधाबी, माघ ८ , संयुक्त अरब इमिरेट्स युएईको अबुधाबी अदालतले पाकिस्तानी नागरिकको हत्याको आरोपमा एक नेपालीलाई मृत्युदण्डको सजायँ सुनाएको छ । मत्स्य पोखरी-३ संखुवासभाका अनिश खालिङ राईलाई यहाँको अदालतले मृत्युदण्डको सजायँ सुनाएको हो ।
यूएईको एक रेष्टुरेन्टमा केही महिना पहिले भएको भनाभनमा नेपाली र पाकिस्तानी नागरिककाबीच झगडा भएको थियो । झगडापछिको झडपमा घाइते भएका पाकिस्तानीको ज्यान गएपछि राई २०६९ कार्तिक ९ गते पक्राउ गरेका थिए । राई रोजगारीका लागि ३ बर्षअघि यूएई पुगेका थिए ।
युएईमा यो सँगै मृत्यु दण्डको सजायँ पाउने नेपालीको संख्या ३ पुगेको छ । सन २००३ मा दार्चुलाका अमरबहादुर बम र दुर्गाबहादुर सुनारलाई (फरक फरक घटनामा) यूएई सरकारले मृत्यु दण्डको सजाय समेत सुनाएको थियो ।
अब के हुन्छ ?
नेपाली समाज युएईका भूतपूर्व अध्यक्ष कृष्ण ढकालका अनुसार यस प्रकृतिका अन्य घटनालाई हेर्ने हो भने, अभियुक्तका लागि अझै दुई तहमा निर्णय लिनुपर्ने हुन्छ । यस निर्णय माथि पुनरावेदन अदालतमा पुनरावेदन गर्न सकिन्छ ।
पुनरावेदन अदालतले पनि प्रारम्भिक तहको अदालतको निर्णयलाई नै सदर गर्यो भने सर्वोच्च अदालतसम्म अपिल गर्न सकिन्छ । सर्वोच्चले पनि पुनरावेदन अदालते गरेको प्रारम्भिक तहको फैसलालाई नै सदर गरेमा उसले अन्तिम फैसला सुनाउनु पूर्व मृतकका परिवारलाई तीनवटा विकल्प दिन्छ ।
अभियुक्तलाई फासी नै दिने, ब्लडमनि लिएर माफी दिने वा केही पनि नगरी माफी दिनेमध्ये एक रोज्नुपर्ने हुन्छ । यस अवस्थामा मृतकका परिवारको निर्णय नै अन्तिम निर्णय हुनेछ ।
मृत्युदण्डको मुद्दाको फैसला गर्नुभन्दा पहिले युएईका अदालतले मृतकका परिवारलाई अभियुक्तलाई सजायँ नै दिने वा माफी गर्ने बारेमा अन्तिम निर्णय लिन आग्रह गर्दै आएको छ ।
अभियुक्तको सजायँमा कुनै किसिमको कमी नआएर, मृतकको परिवारसमक्ष अन्तिम निर्णय लिन सोधिएको अवस्थामा मृतकको परिवारले ब्लडमनि लिन चाहेमा साविक अवस्थामा दुईलाख युएई दिराम्स तिर्नुपर्ने अवस्था आउँछ ।
अभियुक्त राईका परिवारले उनका लागि छुट्टै वकिल राखेर पनि पुनरावेदनमा अदालतमा अपिल गर्न सकिने प्रावधान छ ।
अभियुक्त राईका श्रीमती बिना राई डेढ वर्षको छोरो लिएर काठमाडौमा परराष्ट्र मन्त्रालयको कन्सुलर सेवा विभागमा पुगेर श्रीमानको जीवन रक्षा गर्नका लागि अनुरोध गर्नुभएको थियो ।
श्रीमान अपराधिक प्रबृत्तिको नभएको बताउँदै बिनाले समूहबीच झगडा भएको जनकारी पाएकाले श्रीमानलाई कसैले फसाउन खोजेको आशंका गर्दै घटनाको छानबीन होस भन्दै कन्सुलर विभाग प्रमुख समक्ष अनुरोध गर्नुभएको थियो ।
कन्सुलर विभाग प्रमुखले अबुधाबीस्थित नेपाली दूतावासमार्फत अभियुक्त राईको जीवन रक्षाको पहल गर्ने आश्वासन दिनुभएको थियो ।
दुतावासको कुटनैतिक जबाफ
राईलाई मृत्यूदण्डको सजायँ सुनाएको बारे अन्लाईन संचारमाध्यममा धेरै समाचार प्रकाशन भए पनि नेपाली राजदुतावासले आधिकारिक जानकारी नआएको भन्दै लामो समय यस् को पुस्टी गर्न चाहेको थिएन । यधपी नेपालीलाई मृत्युदण्डको सजायँ सुनाएको यूएईका लागि नेपाली राजदुत धनन्जय झाले हाल भने: पुस्टी गरेका छन ।
राजदुत झा का अनुसार