खाँदबारीबाट धरान तर्फ जाँदै गरेको यात्रु बस दुर्घटना हुँदा ९ जना घाइते

संखुवासभा, माघ ११ – सदरमुकाम खाँदबारीबाट धरान तर्फ जाँदै  गरेको यात्रु बस शनिबार(आज) बिहान दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । खाँदबारी तुम्लिङटार सडक खण्डको ढुंगेबिसौनामा को १ ख २५१९ को बस अनियन्त्रीत भएर सडक मुनि खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मत्स्यपोखरी २ का सलबहादुर गुरुङ, शान्ति गुरुङ,पबित्रा गुरुङ,खिना गुरुङ, मादीराम्बेनीका रिता त्रिताल, याफु ८ की, मिना कुलुङ, खाँदबारी १२ की राम बिक र बसका कन्डक्टर रमेश खड्का घाइते भएको प्रहरी निरीक्षक यमनाथ अधिकारीले बताए ।  
प्रहरीको सहयोगमा घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल खाँदबारी ल्याइएको छ । EKANTIPUR

अन्य समाचारहरु