लोकौली समाज यु ए ई को भेला सम्पन्न

यु ए ई दुबई – गत सुक्रबार लोकौली समाज यु ए ई ले लोकौलिहरुको भेला बर दुबै मा सम्पन्न गरेको छ र जसको सभापति सैलेन्द्र मुडभरीले गरेका थिए भने संचालन सागर बन्जाडेले गरेका थिए। 
 नेपालीहरुको बेदेसिनेको संख्या बढिरहेको बेला यु ए ई मा रुपन्देही को लोकौली एरियाका नेपाली दाजु भाइ दिदि बहिनीहरुलाइ जम्मा गरेर भेला सम्पन्न गरेको छ र  गौतम मुडवरी को स्वागत मन्तब्य बाट सुरु भएको उक्त भेलामा संघ सस्थाका प्रतिनिधिहरु, समाज सेवी, ब्यबसायी, पत्रकारहरुको उपस्थिति थियो भेला ले सर्ब सम्मति बाट सैलेन्द्र मुडवरीको अध्यक्षतामा १९ सदस्यीय कार्य समिति चयन गरेको छ । 
जसको उपाध्यक्षमा बसन्त चौधरी सचिव सागर बन्जाडे कोषाध्यक्षमा गणेश चौधरी सदस्यहरुमा गौतम मुडवरी ,, चित्र बहादुर गुरुङ , शिब न्यौपाने , मोति चौधरी , शिब बिक , हेमन्त चौधरी , शिब जोसी , बिबेक अधिकारी , जितेन्द्र चौधरी , नारायण मुडवरी , संकर मुडवरी , गंगाराम चौधरी ,इन्द्र चौधरी , सैलेस बिक , किरण पोखरेल लाइ चयन लगाएत चयन भएका छन्। 
  उपस्थित सम्पूर्ण अथितिहरुले भेला सम्पन्न गरेको र नया कार्य समितिलाइ कार्यकाल को शुभकामना दिएका थिए । 
अन्तमा सभापति बाट उपस्थित भएर सभा बढाउन सहयोग गर्नु हुने नेपाली दाजु भाइ दिदि बहिनि हरु लाइ धन्यवाद दिदै संघ सस्थाहरु संग मिलेर काम गर्ने प्रतिबद्ता जाएर गर्दै भेला लाइ समापन गरेको घोषणा गरेका थिए