नेपाल भारत सँस्कृति मैत्री महोत्सव दिल्लीमा सम्पन्न

अर्घाखाँची डट्कम् –  कला, साहित्य र सँस्कृतिको विकाश गरौ नेपाल भारत विचको मैत्री संबन्ध कायम राखौ भन्ने मुल नाराका साथ नेपाल भारत सांस्कृतिक मैत्री महोत्सव २०१४ गौतम बुद्ध चेरिटेवल ट्रष्टको आयोजनामा सम्पन्न भएको हो।
२६ जनवरीको दिन भारतको ६५ औं गणतन्त्र दिवसको अवसर पारेर भएको सो कार्यक्रम दिल्लीको एमसिडी पार्क, काल्काजि – गोविन्दपुरीमा नेपाली राष्ट्रिय ख्याति प्राप्त लोकदोहोरी गायक गायिकाहरू टिका पुन, राजु परियार, र कुलेन्द्र विश्वकर्माको साथमा हास्य ब्यङ्गका चिर परिचित लोकप्रिय कलाकार कमल गाउँलेको भव्य प्रस्तुतिमा खुब झुमे प्रवासी नेपालीहरु । कुलेन्द्र विश्वकर्मा, टिकापुन र राजु परियार ले आ-आफ्ना एकल प्रस्तुति तथा दोहोरी गायन द्धारा प्रवासी नेपालीहरु लाई खुव नचाएका थिए एकातिर भने अर्कोतिर जय कुमारले सालैजो गाएर मनोरनजनमा थप रोचकता दिएका थिए।
त्यस्तै उदयमान कलाकार ध्रुब रानाले आफ्नो नया एलबमको बिज्ञापन दिदै गाएका थिए। स्थानिय कलाकार शुभम पौडेलले हिन्दी ट्रयाक म्युजिकमा नाचेर रमाईलो नै गराएका थिए। श्रृजना सांस्कृतिक परिवारका कलाकारहरुद्धारा प्रस्तुत नृत्य हेर्न लायक नै थियो भने,  मोहन सिंह थापा को नेतृत्वमा आएको जादुगर टोली ले जादु देखाएर दर्शकहरुलाई अचम्मित पारेका थिए  ।
वि.के. कृष्णको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि नेपाली राजदुतवासका सांस्कृतिक बिभाग प्रमुख अर्जुन राज पन्त, विशिष्ट अतिथिहरुमा बिष्णु बराल, लक्ष्मी बराल, एभरेष्ट चेम्बर अफ कमर्श एण्ड इन्डस्ट्रिजका महासचिव युबराज बराल, चेम्बरका उपाध्यक्ष शेखर कुँवर र वोल्र्ड गोर्खा फाउन्डेशनका अध्यक्ष समिर प्रधान हुनुहुन्थ्यो भने अतिथिहरुमा नेपाली जन सम्पर्क समिति भारतका अध्यक्ष बाल कृष्ण पाण्डे, अखिल भारत नेपाली एकता मंचका आर. बि. खड्का र सिबि थापा, प्रवासी नेपाली संघका गोपाल थापा, राम नेपाल, कोपिला बराल, टि. डि. सिंह, बरिष्ठ पत्रकार लोकेश शाह आर्यन, पत्रकार महेन्द्र कार्कि, नेपाल वन का रुबेन गुरुङ, शंकर थापा, कृष्ण रिजाल, एभरेष्ट बैंकका भरत कार्कि, आइएमई ग्लोबल बैंकका दिपेन्द्र ढकाल र विभिन्न गैर राजनैतिक संघ सँस्थाका प्रतिनिधिहरु रहेका थिए ।
सन्चालनको शुरवात गर्दै अगाडिको कार्यक्रम सन्चालन गर्ने जिम्मा सचिव बिष्णु के. सि.ले दिए पछि पत्रकार गोबिन्द पोख्रेलले संचालन गरेको उक्त कार्यक्रममा ट्रष्टका केन्द्रिय अध्यक्ष दिपक जि. सि. ले सबैलाई धन्यवाद ज्ञापन गरेका थिए भने बरिष्ठ सदस्य नारायण बि. क. ले स्वागत भाषण गरेका थिए । नया दिल्ली स्थित कालकाजी गोबिन्द पुरीमा भएको कार्यक्रममा करीब 700 कम्बल बितरण गर्ने लक्ष्य राखेको ट्रस्टले बचेका केहि कम्बलहरू गरीब झुग्गि बस्तिहरूमा गएर समय अनुकुल गरी बाड्ने कार्यक्रम रहेको साँस्कृतिक महोत्सवका अध्यक्ष बिके र ट्रस्टका अध्यक्ष जिसिले जानकारी गराए। कार्यक्रममा प्रमुख अतिथि पन्तले कार्यक्रमको सफलताको शुभकामना दिदै साँस्कृति जोगाउन गरीने यस्ता खाले कार्य सराहनिय हुने बताउदै दुताबास सधै सहयोगका लागि तयार रहेको बताउनु भएको थियो। बिशिष्ट अतिथि बिष्णु प्रसाद बरालले एउटा नेपाली डाईरेक्टोरीको आवस्यकता भएको बताउदै सफलताको शुभ कामना दिनु भएको थियो। त्यस्तै अर्का बिशिष्ट अतिथि युबराज बरालले सफलताको शुभ कामना दिदै ट्रस्टको कार्यक्रम सराहनिय रहेको बताउनु भएको थियो।
लुम्बिनि गौतम बुद्ध चेरीटेबल ट्रस्टद्वारा आयोजित सो कार्यक्रममा नया गैर राजनैतिक सामाजिक संस्था रापती जलजला समाज सेवा समितिको बिधिवत घोषणाको कार्यक्रम रहेको थियो भने जलजला समाजले बृद्धा तथा असाहायहरूलाई पनि केहि कम्बलको बितरण गरेको थियो।
आयोजक समितिका सबै पदाधिकारीहरूको साथमा समाजसेवी तुलसी ढकाल, राम डांगी र रमेश शर्माको बिशेष सक्रियता रहेको सो कार्यक्रमको समाप्ति संगै कार्यक्रमका अध्यक्ष बिके र ट्रस्टका अध्यक्ष जिसिले संयुक्त प्रेश विज्ञप्ति जारी गरेर सबै आयोजक समितिका पदाधिकारीहरू र सहयोगीहरूलाई धन्यवाद ज्ञापन गरेका थिए। 
कार्यक्रममा डाक्टरहरूको ब्यवस्था गरीएको थियो र निःशुल्क स्वाश्थ्य परिक्षणको पनि ब्यव्स्था गरीएको हुदा त्यसको भने कलाकार, दर्शक तथा गरीब असाहायहरू सबैले प्रत्यक्ष लाभ लिएका थिए।