बुद्ध भिजन ओमानले ल्होछार २८५० को पावन अबसरमा आयोजना गरेको कार्यक्रम मस्कट स्थित कुरुम गार्डेनमा भब्य रुपमा सम्पन्न भएको छ ।
नेपालबाट आएका कलाकार मिलन लामा र शान्ति श्री परियारले आफ्नो बेजोड प्रस्तुतिहरु पस्केका छन ।
कार्यक्रममा भर्खर सेफ प्रतियोगितामा मा तृतिय स्थान हासिल गर्न सफल पथ्पर सिंह राईलाई सम्मान पनि गरिएको छ ।
कार्यम्रम हल नेपालीमय भएकोले ओमानका नेपालीहरु नेपाल पुगेको अनुभब गर्दै रमाईरहेका त्यहा बाट हाम्रा प्रतिनिधि शालिकराम आचार्यले जानकारी दिएका छन । कार्यक्रम साझ ७ बजे सम्म चलेको थियो ।
स्थानिय कार्यक्रमहरु पनि समाबेश गरिकोले कार्यक्रमको रौनक झनै बढेको थियो । बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु पनि कार्यक्रममा उपस्थित थिए ।