बहराइन – बहराइनमा रहेको अर्घाखाँची प्रवासी समाजको साधारण भेला जिम्मेवार हेरफेर गर्दै सम्पन्न भएको छ । सस्थाका पदाधिकारी हरु कोहि नेपाल फर्कने अवस्था, केही निस्कृय भएको तथा कार्य समितिलाई चुस्त र छरितो बनाउन आवश्यक परेको भन्दै साधारण भेला गरिएको थियो ।
गत शुक्रबार मनमामा भएको भेलामा बहराइनमा कार्यरत अर्घाखाँचीबासीहरुको उपस्थिती थियो ।
रोजगारीको सिलसिलामा अर्घाखाँचीबाट बहाराइनमा आएका अर्घेलीहरुले सस्थामा जिम्मेवार हेरफेर गरिएको छ ।
भेलाको करण थापाको अध्यक्षता तथा संस्थाका सल्लाहकार सन्तोष सोमईको आतिथ्यतामा बसेको सो बैठकमो महासचिव केशब थापाले संचालन गरेका थिए ।
अर्घाखाँची प्रवासी समाज बहराईनका अध्यक्ष लगायत सस्थाका सबै पदाधिकारी हरुले आफ्नो धारणा राखेका थिए ।
उपस्थित सम्पूर्ण सदस्य हरुबीच अनौपचारिक छलफल भएछी सस्थाका पूर्व प्रथम उपाध्यक्ष युबराज खत्रीलाइ अध्यक्ष पदमा चयन गरि कार्यसमिति पदपुर्ती तथा हेरफेर को नामावली सहित प्रस्ताब गरिएको थियो ।
प्रस्तावित उक्त नामावलीलाई उपस्थित सदस्यहरु माझ ब्यापक छलफल गरेपछी केही हेरफेर सहित पदाधिकारी चयन गरिएको हो ।
समाजको नवगठित कार्य समितिको अध्यक्ष युबराज खत्री , प्रथम उपाध्यक्ष रामु खनाल , द्वीतिय उपाध्यक्ष किशन बस्नेत , महासचिब कमल घिमिरे , सचिब शिव थापा , स-सचिब मिलन थापा , कोषाध्यक्ष केशब थापा, र स-कोषाध्यक्ष हिम्मत के सी , छन ।
त्यस्तै खेलकुद सचिब रामचन्द्र सोमई तथा रिखु बस्नेत ,सास्कृतिक सचिब अनोमल थापा ,ब्याबस्थापन सचिब राम भट्टराई लाई चयन गरिएको छ ।
समाजको सल्लाकारहरुमा क्रमश : करण थापा (बरिस्ठ सल्लाहकार),संतोष सोमई ,राजकुमार सन्तोषी ,पशुपति श्रेष्ठ,करुण टन्डन ,रामु सेजवाल ,कृष्ण प्रसाद गैरे ,खिम सेजवाल रहेका छन ।
सदस्यहरु क्रमश:चिरिन्जीबी के.सी.,धन बहादुर बस्नेत ,सुमन अविरल , केशब बहादुर थापा ,लक्षमण आचार्य ,बाबुराम थापा ,हेम चुदाली ,रमेश भाट ,शान्ता भट्टराई रहेका छन ।
समाजका सूचना संचार प्रबक्ताको जिम्मा सुर्य थापा तथा दिनेश भाट लाई दिईएको छ ।
सुर्य थापाको सहयोगमा यूएई डेस्क