विराटनगर- रगत बान्ता गरिरहेका उच्चरक्तचापका एक बिरामीलाई एम्बुलेन्सले बोक्न नमान्दा उनको अस्पतालै नपुगी मृत्यु भएको छ। सुरुमा भाडादरमा बार्गेनिङ गरिरहेका चालकले ‘बिरामीले बान्ता गरेको रगतले एम्बुलेन्स फोहोर हुने’ भन्दै अस्पताल नपुर्या इँदिदा विराटनगर-१८ का ५० वर्षीय पशुपति यादवको सडकमै मृत्यु भएको हो।
उच्च रक्तचापले सिकिस्त यादवलाई न्युरो अस्पतालबाट विराट अस्पतालसम्म पुर्याबउन नमानेका एम्बुलेन्स चालक दुर्गा सापकोटालाई मोरङ प्रहरीले शुक्रबार पक्राउ गरेको छ। उदयपुर कटारी-४ बस्ने स१च ७६५ नम्बरको एम्बुलेन्स चालक सापकोटाविरुद्ध प्रहरीले सार्वजनिक मुद्दा दर्ता गरेको छ।
उदयपुर कटारीस्थित आस्था हस्पिटल एन्ड रिसर्च सेन्टरले सञ्चालन गर्ने उक्त एम्बुलेन्समा बिरामी लिएर सापकोटा बिहीबार राति विराटनगर आएका थिए।