ओमानमा राष्ट्रिय प्रजातन्त्र दिवस मनाईयो

६४ औं राष्ट्रिय प्रजातन्त्र दिवस आज एक समारोहका बीच नेपाली राजदूतावास मस्कटमा मनाईएको राजदूतावासको प्रेस विज्ञप्तिमा जनाईएको छ । 
नेपाली राजदूतावासमा ३ दिनसम्म दिपावली गरिएको थियो । प्रजातन्त्र प्राप्तिका लागि प्राणाहुति गर्ने ज्ञात अज्ञात सहिदहरूको सम्मानमा एक मिनेट मौन धारण गरी शहिदहरूको तस्विरमा पुष्पार्पण गरी श्रद्दान्जली अर्पण गरिएको थियो ।
कार्यवाहक राजदूत झविन्द्र अर्यालले आजको दिनको महत्ववारेमा प्रकाश पार्नुभएको थियो ।