तामाङ्ग समाज ओमानको गठन

– पशुपति जी.सी. /मस्कट, फागुन १२ , ओमानमा सामाजिक संगठनहरु बिस्तारित हुने क्रममा फेरी अर्को समाज तमाङ्ग समाज ओमानले जन्म लिएको छ ।
२१ फेबु्रअरि २०१४ का दिन मस्कट स्थित रुसियल गार्डन अेामानमा कार्यरत तमाङ्गहरु भेला भई सो संस्था निर्माण गरेका हुन । 
नेपालका बिभिन्न क्षेत्रहरुबाट बैदेशिक रोजगारका क्रममा ओमानमा कार्यरत प्रवासी तमाङ्गहरुलाई एकै सुत्रमा बाधी तमाङ्ग जातिको धर्म, सस्कृति, परम्परा , रितिरिवाज र भेषभुषाको संरक्षण र सर्म्बर्दन गर्दै यस जातिको बिकाशमा उल्लेखनिय योगदान पुर्याउने संघको स्थापना गरिएको हो । 
भेलाले राम तमाङ्ग थोकर लाई अध्यक्ष पदमा चयन गरि केन्द्रिय समिति गठन गरेको छ । जस अनुसार उपाध्यक्षमा चरित्र थिङ्ग, सचिबमा कुमार तमाङ्ग थोकर सह सचिबमा मोहन तमाङ्ग, कोषाक्ष्यक्षमा रेश्मा योञ्जन रहेका छन भने सदस्यहरुमा कमशः दावा तमाङ्ग, प्रकाश लामा, हर्क तमाङ्ग, सागर बोम्जन, अनिल तमाङ्ग,  बिल बहादुर वाईवा, अनिल गोलेर्,र् इन्द्र बहादुर स्याङ्थुङ्ग, सन्त थोकर, पासाङ्ग मोक्तान चयन हुनु भएको छ । त्यसैगरि सल्लाहकारमा कान्छि माया दोङ्ग र फुर्वा रुम्बालाई चयन गरिएको छ । 
“तमाङग दाजु भाई तथा दिदीबहिनीहरुलाई भैपरि आउने समस्यामा सक्दो सहयोग गर्दै हामी अगाडि बढ्ने छौँ” अक्ष्यक्ष राम तमाङ्ले  भन्नु भयो” ओमानमा कार्यरत तमाङगहरुलाई यस संगठनमा आबद्ध हुन हामी आह्वान गर्दछौँ ” उहाले थप्नु भयो । 
त्यसैगरि स्वदेश तथा बिदेशमा समेत यस जातिमा भै परि आउने समस्याको समाधानका प्रयासहरु अगाडी सारिने, राजदुताबास तथा ओमानका अन्य सामाजीक संघ संस्थाहरुसंग हातेमालेा गर्दै यस संघ अगाडी बढ्ने तमाङ्ग समाज ओमानका सचिब कुमार तमाङ्ग थोकरले बताउनु भयो ।  
आगामी दिनहरुमा बिभिनन्न सामाजिक कार्यहरुमा यस संगठन सरिक हुने समेत बताईएको छ ।