तनहुँको भानु गाविस वडा न.९ मा सोमबार रुखको हाँगाले किचेर एक व्यक्तिको मृत्यु भएको छ।
प्रहरीले दिएको जानकारी अनुसार मृत्यु हुनेमा सोही ठाउँ निवासी ४५ वर्षीय महेन्द्र राना रहेका छन्।
स्थानीय रातमाटे पत्थरे ढुङगा सामुदायिक वनमा घर बनाउनका लागि सालको रुख काट्ने क्रममा हाँगा भाँचिएर रानालाई किचेको थियो।
रानाको घटनास्थलमा नै मृत्यु भएको थियो। घटना दिउँसो साँढे दुई बजेको समयमा भएको थियो । SETOPATI