पूर्वी पहाडी जिल्ला पाँचथरका उत्तरपूर्वी गाविसमा तुसारोका कारण वर्षे आलु नउम्रदा कृषकहरु चिन्तित

पाँचथर, फाल्गुन १६ । पूर्वी पहाडी जिल्ला पाँचथरका उत्तरपूर्वी गाविसमा तुसारोका कारण वर्षे आलु नउम्रदा कृषकहरु चिन्तित भएका छन् । गर्मी याम सुरु हुने समय भएपनि अहिलेसम्म तुसारो र चिसो हट्न नसक्दा कृषकले लगाएको वर्षे आलुको टुसा अहिलेसम्म पलाएको छैन ।
पाँचथरको उत्तरपर्वी गाविस च्याङथापु, फलैँचा, रानीटार, फिदिमको माथिल्लो क्षेत्र, पौवासारताप, प्राङबुङ, मेमेङ लगायतका गाविसमा कृषकले तुसारोको हैरानी खेप्नु परेको हो ।
यी गाविसमा मुख्य बालीकै रुपमा आलु खेती रहेपनि यसपाली आलु उत्पादन कम हुने चिन्ताले कृषकहरु पिरोलिएका छन् ।
माघको पहिलो साता रोपिएको आलु साउन, भाद्रको समयमा तयार हुने गर्दछ ।  IMAGECHANNELS