उमाकान्त पाण्डे गाउंले/दुबइ,फागुन १७ – यूएईका लागि नेपाली राजदुत राजदुत धनन्जय झाले एक कार्यक्रममा गैर जिम्मेवार अभिब्यक्ति दिएका छन ।
गैर आवसिय नेपाली संघ(एनआरएन)का केन्द्रिय अध्यक्ष शेष घलेको उपस्थितीमा एनआरएन यूएईले दुबइमा आयोजना गरेको अन्तर्कृया कार्यक्रममा बोल्दै झाले आपत्तिजनक भाषा पर्योग गरेका हुन । दुतावास र त्यहां हुने गैर गतिबिधी प्रति गुनासो सुनाउने नेपालीको जबाफ स्वरुप राजदुत झाले भने ‘कोही नेपाली मर्न चाहे मरे हुन्छ’ ।
नेपाली दुतावासमा रहेको सेल्टर हाउस महिला उद्दार केन्द्रको झ्यालको ग्रिल भाचिएको तथा झ्याल समेत खुल्ला भएकोले त्यस बाट अमानवीय घटना घट्न सक्ने प्रती सचेत गराउन पत्रकार अम्बिका भण्डारीले गुनासो सुनाएका थिए । झ्यालमा ढोका छैन , अझ त्यहा त ग्रिल पनि रहिनछ , कम्तिमा दु:ख पाएर आएका वा अन्य कुनै चिन्तामा हुँदा कारण बस झ्याल बाट लडेर कुनै मानवीय क्षती हुन सक्छ नी महामहिम ज्यू ख्याल गरिदिनु पर्यौ भण्डारीले सुझाव स्वरुप गुनासो सुनाए । पत्रकार भण्डारीको जबाफ स्वरुप राजदुत झाले भने ‘सेल्टर हाउसमा आएर पनि झ्याल बाट हाम फालेर कोही मर्न चाहन्छ भने मरे हुन्छ’ मैले केही गर्न सक्दिन । ‘मेरो ४ बर्षको कार्यकाल हो , दुई बर्ष बिताइ सके अब दुई बर्ष बाँकी छ , फिर्ता पठाएँ जान्छु’ बाँया हातको चुड्की बझाउदै झाले थपे । राजदुत झा ले थपे ‘समस्या परेर दुतावासमा धेरै महिला आउछन,सबैको सुरक्षा लिन सकिदैन । चिन्तामा परेर वा आफु खुशी झ्याल बाट हाम फालेर वा अन्य केही गरेर मर्न चाहन्छ भने जो नेपाली पनि मरे हुन्छ’ आक्रोश हुँदै राजदुत झा कड्किए । राजदुत झाले थपे ‘दुतावासमा आएर काम भएन भन्दै हल्ला गर्ने धेरै छन , अब काम भएन भनेर पनि मर्न खोज्छन भने म रोक्न सक्दिन – त्यस्ताले काम नभएको भन्दै आफ्नो ज्यान त्याग्न चाहन्छ भने मरे हुन्छ,एक दुई जना नेपाली मर्दैमा केही हुँदैन।’
दुतावासको सम्पर्क नम्बरमा कसैले फोन नउठाउने , समयमै काम नगरिदिने , कागजपत्र नमिलेको नाममा नेपालीलाई सास्ती दिने र समयमै राहदानी उपलब्ध नहुने बारे धेरै नेपालीले गुनासो सुनाएका थिए । त्यस्तै दुतावासको वेबसाइटमा पूर्ण जानकारी नभएको , दुतावासका कर्मचारीले गरेको ढिलासुस्ती बारे समस्या देखाएका थिए । जबाफमा राजदुत झाले जनशत्तीको अभावमा सबै काम गर्न नसकेको जबाफ दिएका थिए ।
राजदुत झाको गैर जिम्मेवार अभिब्यक्ति संघसस्थाका प्रतिनिधि मौन बसेर सुनिरहे । उनीहरु एक आपसमा कानेखुसी गर्दै राजदुत झाको भनाइको खन्डन गर्न ब्यस्त देखिन्थे । उपस्थित माहोलको अवस्थालाई राम्रो सँग बुझेका झा कार्यक्रम सकिनु अगावै कार्यक्रम बाट बाहिरिन खोजे । राजदुत झा बाहिरिन लागेको देखे पछि अतर्कृयामा उपस्थित एक सर्वसाधारण नेपाली माइक छोपेर मिठास शैलीमा राजदुत झालाई एक मिनेट थप माग गर्दै बस्न आग्रह गरे र भने ‘तपाईं साँढे ४ लाख नेपालीको अभिभावकले यस्तो बोल्न मिल्छ ? समस्या के हो भन्ने तर्फ नगएर मर्न चाहे मरे हुन्छ भन्दै गैर अभिब्यत्ती दिने ? सर्वसाधारणले तिरेको कर बाट जनताको सेवा गर्न खटिएका निजामती कर्मचारीले यस्तो भन्न लाज लाग्दैन महामहिम ज्यू ? आफुलाई पुष्प कार्की बताउने नेपालीले एक स्वरमा प्रश्न तेर्साए । राजदुत अकमक्क नजबाफ हुँदै कार्यक्रम स्थल बाट बाहिरिए । उपस्थित संघसस्थाका प्रतिनिधी भने यो पुरै समयाअवधी मौन देखिन्थे ।
गैर आवसिय नेपाली संघ(एनआरएन)का केन्द्रिय अध्यक्ष शेष घले प्रमुखको आतिथ्यतामा नेपाली दुतावासका राजदुत झा बिशेष अतिथिको रुपमा उपस्थित थिए । कार्यक्रममा एनआरएन मध्यपुर्व सम्योजक चन्द्र रोकाह र पुर्व मध्यपुर्व सह-सम्योजक एलएन सुवेदी समेत अतीथी थिए । कार्यक्रममा यूएईमा रहेका दुई दर्जन बढी संघसस्थाको उपस्थिती थियो ।
राजदुत झाको भनाइ प्रती अन्तरास्ट्रिय कलाकार मञ्च यूएईका अध्यक्ष मोहराज शर्माले आपत्ति जनाए । उनले भने ‘जनताको सेवा गर्न नियोगमा बसेको जिम्मेवार व्यक्तिले यस्तो बोल्नु नैतिकता हराउनु हो’।
‘दुतावासमा धेरै समस्या छन , दुतावासको समस्यालाई सुल्झाउन लाग्नु पर्छ । राजदुत झा धेरै जसो कड्किएर बोल्ने स्वभाबका ब्यात्ती भएकोले उनको भनाइमा म खन्डन गर्न चाहदैन’ अन्तराष्ट्रिय अर्घाखाँची सम्पर्क मञ्चका सम्योजक तथा अर्घाखाँची संपर्क समिति यूएईका अध्यक्ष राजु खड्काले भने ।