काठमाडौं, फाल्गुन २० । मंगलबार पनि शेयर बजार ओरालो लाग्ने क्रम जारी रह्यो । यस दिन पनि बजार परिसूचक नेप्से दोहोरो अंकले झर्यो । नेप्से ११ अंक बराबरले झरेर ८ सयमा आइपुग्यो ।
जलविद्युत र होटल बाहेक कारोबार भएका अरु सबै समूह रातो रहेसँगै नेप्से झरेको हो । बीमा समूहको सूचकमा सबैभन्दा उच्च ६१ अंकको गिरावट आयो । अन्य समूह १५ अंकले र वाणिज्य बैंक समूह पनि ११ अंकले ओरालो लागे ।
यस दिन नेपाल स्टक एक्सचेन्जमा १ सय ५ कम्पनीको १० लाख ७८ हजार कित्ता शेयर २४ करोड ७५ लाख रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ । IMAGECHANNELS