माछा मार्ने क्रममा करेन्ट लागेर झापाको दमकमा एक भुटानी शरणार्थीको मृत्यु

दमक, फाल्गुन २१ – माछा मार्ने क्रममा करेन्ट लागेर झापाको दमकमा एक भुटानी शरणार्थीको मृत्यु भएको छ । मृत्यु हुनेमा दमकको बेलडांगीस्थित भुटानी शरणार्थी शिविरका ५३ वर्षीय रोस्तन मियाँ रहेका प्रहरीले जनाएको छ ।
मियाको बुधबार स्थानीय लाइफलाइन अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । दमक-१५ का देवीप्रसाद अधिकारीको घरमा बस्दै आएका मियालाई मङ्गलबार दिउँसो करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेको थियो । रासस
 EKANTIPUR
प्रकाशित मिति: २०७० फाल्गुन २१

अन्य समाचारहरु