स्यांग्जा सेवा समाज युएईको वनभोज कार्यक्रम सम्पन

गीतामणि पाण्डे युएई दुबई 
स्यांग्जा सेवा समाज युएईको बनभोज कार्यक्रम तथा परिचयात्मक कार्यक्रम गत ०७ मार्चका दिन  दुबईको जेबिल पार्क भन्ने ठाउमा सम्पन भएको छ।  
   सस्थाकाका महासचिव लक्ष्मन् खनालले सञ्चालन गरेको कार्यक्रममा  अध्यक्ष राजु पाण्डेको सभापतित्व रहेको थियो भने एनआरएनका मध्यपुर्ब संयोजक चन्द्र रोकाहा प्रमुख अतिथि रहेका थिए कार्यक्रमका संयोजक खगेन्द्र न्यौपानेले  स्वागत मन्तव्य राख्दै सस्थाको स्थापना कालदेखीको अहिले सम्मको गतिविधीलाई छोटकरीमा जानकारी गराएका थिए । कार्यक्रममा एनआरएन मध्यपुर्ब संयोजक चन्द्र रोकाहा साथमा अन्य बिभिन्न संघ सस्थाका प्रतिनिधिहरु , ब्यबसायीहरु , समाज सेवीहरु र  पत्रकारहरुको उपस्थिति रहेको थियो / 
   उक्त बनभोज कार्यक्रममा नेपाली स्वादको बाख्राको मासु , चुकौनी , अचार , भुटुवा अन्य नेपाली परिकारको खानाले तेहा उपस्थित स्यांग्जा जिल्ला लगाएत अन्य ठाउका नेपाली दाजु भाइ दिदि बहिनिहरुले खादै गरेको भिडले त लाग्दथियोकि नेपाल मै  बसे जस्तो भान हुन्थ्यो  
     कार्यक्रममा सांगितिक तथा बिबिध खेलकुद प्रतियोगिताहरुले बनभोज कार्यक्रमलाई थप मनोरन्जनपूर्ण बनाएका थिए । स्थानीय कलाकार जग्यले सांगितिक प्रस्तुतीगरेका थिय जसमा हामी नेपाली , तिनाउ खोला पारी तथा वावुराम परियारको दशै आयो , नेपालकी छोरी हु म भन्ने जस्ता गीतहरुले दर्शकहरु रमाईलो गर्दै मनोरंजन लिदै छमछमी  नाचेको देखिन्थ्यो । बनभोज कार्यक्रममा संकर न्यौपाने र खगेन्द्र गैरेको संयोजकमा कार्यक्रम आगाडी बदाईएको थियो / कार्यक्रममा एनआरएनए मध्यपुर्ब संयोजक प्रमुख अतिथी चन्द्र रोकाहाले शुभकामन मन्तव्य दिदै संस्थाको उन्नती र प्रगतिको कामना समेत गरेका थिए ।
  कार्यक्रमको समापन गर्दै सस्थाका अध्यक्ष राजु पाण्डेले बृहत बनभोज कार्यक्रमलाई सफल पार्न सहयोग गर्नु हुने सम्पुर्ण सहयोगीहरु प्रति उपस्थित सम्पुर्णलाई धन्यवाद प्रकट गर्दै आगमी दिनहरुमा पनि संस्थालाई निरन्तरका साथ अगाडी बढ्ने  बताए ।