कपिलवस्तुमा सामुदायीक वनहरु गिद्ध संरक्षणमा अग्रसर हुदै

कृष्ण प्रसाद भुसाल



कपिलवस्तुको वाणगंगा गा.वि.स मा अवस्थित लालमटीया र प्रतिभा सामुदायिक वनले धर्तिबाटै लोप हुने अवस्थामा पुगेका दुर्लभ गिद्ध र तिनको बासस्थान संरक्षणमा लाग्ने प्रतिवद्धता व्यक्त गरेका छन । लालमटीया र प्रतिभा सामुदायिक वनको संयुक्त आयोजना र नेपाल पन्छी संरक्षण संघको सहयोगमा हिजो सम्पन्न एक सचेतना तथा अन्तक्रिया कार्यक्रममा उक्त प्रतिवद्धता व्यक्त गरीएको हो । उक्त कार्यक्रममा गिद्धको महत्व, घटनुकाृ कारण, नेपालमा संरक्षणका प्रयास र समुदायको भुमिका विषयमा नेपाल पन्छी संरक्षण संघका स्थल जीवविज्ञ कृष्ण भुसालले कार्यपत्र प्रस्तुत तथा प्रवचन दिनुभएको थियो ।