मलेसियाबाट हप्तामा २ सय अवैधानिक नेपालीलाई स्वदेश फर्काइने

अर्जुन काफ्ले – नेपाली दुतावास मलेसियाले अव प्रत्येक हप्ता २०० अवैधानिक नेपालीहरुलाई नेपाल फर्काउने भएको छ । यस अघि प्रत्येक हप्ता ५० जनालाई अर्थात दुईसय नेपाली लाई पठाउदै गरेकोमा यो संख्या चौगुना बढी हो ।
दुतावासले हप्तामा पचास जनालाई मात्रै अध्यागमन कार्यालयमा लगेर आउट पासको ब्यवस्था मिलाईएकोमा आगामी दिनमा हप्तामा दुईसय नेपालीहरु अध्यागमन कार्यालयमा पुग्ने कुरा मलेसियाका लागि नेपाली राजदुत डा.निररन्जन मान सिंह वस्यान्तले बताएका छन् ।
 
उनका अनुसार मलेसियाको अध्यागमन विभागसँगको छलफल पछि हप्तामा २ सय अवैधानिक नेपालीलाई स्वदेश फर्काउने प्रक्रिया सफल भएको हो ।
हाल नेपाल फिर्तीको पखाईमा नेपाली दुतावासवाट यात्रा अनुमति पत्र लिएर वसेका नेपालीहरुको संख्या ७ हजार भन्दा धेरै रहेको छ । नेपाली दुतावास मलेसियाले कोही पनि अवैधानिक अवस्थामा नवस्न र सँधै दुतावासको सम्पर्कमा रहनको लागि सवैलाई पटक पटक आग्रह गरिरहेको छ ।