
जाजरकोट , चैत्र ६ – बिहीबार संचालन भएको अनिवार्य अंग्रेजी विषयको एस एल सी परीक्षा अमर्यादित कार्य गर्ने शिक्षक सहित दर्जन निष्कासन भएका छन् ।
सरस्वती उच्च माध्यमिक विद्यालय सीमा परीक्षा केन्द्रबाट सरस्वती मावि टाटागुयालाका परीक्षार्थी पूर्णबहादुर जैसी, लालसरा बुढा, बालकृष्ण शर्मा र भरत कुमार ढकालले परीक्षामा अमर्यादित कार्य गरेकाले निष्कासन भएका हुन् । त्यस्तै मान्नेढुँगा उमावि टालेगाउँ केन्द्रबाट मावि अर्छानीका परीक्षार्थी राजेन्द्र खड्का, बीरेन्द्र ऐश्वर्य उमावि लिम्सा केन्द्रबाट मावि मुल्सामका बीरबहादुर रोकाय र भीमा डाङ्गीले नक्कली परीक्षार्थीद्वारा परीक्षा दिएकाले उनीहरुको सबैको परीक्षा रद्ध भएको प्रहरी नावय उपरीक्षक चक्रबहादुर सिंहले बताए । लिम्सा केन्द्रबाटै परीक्षामा अमर्यादित कार्य गर्ने शिक्षक रत्नबहादुर नेपाली, सन्देश यादव, कार्यालय सहयोगी नरबहादुर रोकाय र लिला नेपालीलाई निष्कासन गरीएको प्रनाउ सिंहले बताए ।

एस एल सी परीक्षामा यहाँका ५ दर्जन विद्यालयका ६ हजार परीक्षार्थीको सहभागिता रहेकोे छ । जिल्लाका डेड् दर्जन परीक्षा केन्द्रबाट नियमित तर्फ ३ हजार ५ सय र एक्जाम्टेड तर्फ २ जहार ४ सयले परीक्षामा सहभागिता जनाएको जिल्ला शिक्षा अधिकारी गीरमान थापाले बताए । परीक्षामा १८ केन्द्राध्यक्ष, २९ सहायक केन्द्राध्यक्ष, २ सय ९९ निरीक्षक, ७४ परीचर, १ सय ८० सुरक्षाकर्मी र ४ दर्जन अनुगमनकर्ता परिचालन गरीएको उनले बताए ।
EKANTIPUR

प्रकाशित मिति: २०७० चैत्र ६




