सलाम छोटेलाल पुन मगरलाई

बाबु रोका मगर (दिल्ली हरियाणा) 
राप्ती अञ्चल प्युठान जिल्ला माडी खोला मा जन्म लिनु भएका हाम्रा पुज्निय हजुरबुबा- बुवा छोटेलाल पुन मगर बिगत लामो समय करीब ५०-५५ बर्ष देखी भारत को राजधानी दिल्ली स्थित बल्जित नगर मा नेपालीहरुको बिशेष पहिचान राख्ने एक मात्र सफल ब्याक्ती हुनुहुन्छ शायद अहिलेको यो जमाना मा यस्ता ब्यक्तीहरु भेटाउन सकिदैन | नेपाल मा जन्मिएर रोजिरोटी को लागि भारतिय सैनिक गोर्खा पल्टन मा भर्ती भई १९५६ मा अंग्रेज सँग लडाईं गरेर बिरामी परे पछी १९५९ मा भारत सरकार ले उँहा लाई सैन्य अबकास दियो |
अबकास पछी उँहाले दिल्ली को बल्जित नगरमा नेपाली मन्दिर को निर्माण गर्ने माग भारत सरकार सँग गर्नु भयो भारत सरकार का कर्मचारीहरु ले किन मन्दिर बनाउनु पर्‍यो मन्दिर बनाउन हामी दिदैनौ भनेर जवाफ दिए तर छोटेलाल पुन मगर ले हिम्मत न हारी बारम्बार मन्दिर को लागि अपिल गर्दै कोर्ट सम्म पुगेर सन १९७६ मा श्री बागेश्वरी नेपाली मन्दिर को स्थापना गर्नु भयो | उहा भन्नु हुन्छ धेरै ठुलो मेहेनत ले यो मन्दिर को स्थापना गर्न सकेको थिए | मन्दिर भित्र कुनै पनि जिव जन्तुको बली चडाउन सख्त मनाही छ यो मन्दिर विवाह ब्रतबन्धन पूजा को लागि योग्य रहेको बताउनु भएको छ | अन्दाजी २५ देखी ३० मिटर लम्बाइ र १५ देखी २० मिटर चौडाइ भएको जमिन मा एउटा नेपाली ले नेपालीको पहिचान बनाउन पुग्नु भयो | यो जमिन त अहिले बचेको हिस्सा मात्र हो पहिले त धेरै थियो यहाँ का भारतीय बासिन्दा हरुले अतिक्रमण गरेर लगेको बताउनु हुन्छ छोटेलाल पुन मगर यो मन्दिर को लागि मैले धेरै मेहेनत गरेको छु म त अब डाँडा माथिको जुन भईसकेको छु अब यो मन्दिर को जगेर्ना र सम्रक्षेण गर्न को लागि सम्पूर्ण भारत बासी नेपाली हरुलाई अपिल गर्न चाहन्छु भन्नु भएको छ |
यो मन्दिर दिल्ली को सानो पहाड मा अब्स्थित छ मन्दिर मा पुगेपछी नेपाली भूमीको आवास जस्तो लाग्छ | पूज्निय छोटेलाल पुन मगर को यस्तो महान बिचार लाई समर्थन गर्दै भारत मा खोलिएका बिभिन्न संघ संस्था का प्रबक्ता हरुले उंहाको प्रसंसा गर्नु भएको थियो | अहिले को अवस्था मा त्यो ठाउँँ लाई हेर्दा यदी अरु कोही यो जमिन को हक्दार भएको भए आज सायद त्यो ब्यक्ती दिल्ली जस्तो ठाउँँ मा करोडपती भएर रमाएर बस्थ्यो होला भनेर भन्न सकिन्न | अहिले यो मन्दिर पुन:निर्माण को लागि गोपाल शर्मा को अध्यक्षता मा एउटा समिती को गठन भएको छ |
मन्दिर पुन: निर्माण को शिलान्यास  १६ मार्च २०१४ को दिन प्रख्यात बाबा श्री १००८ कालिदास बाबा ले उद्घघाटन गर्नु भएको थियो| उक्त दिन नेपाली हरुको ठुलो उपस्थिती रहेको थियो शिलान्यास पछी सबै भक्तजन हरुलाई प्रशाद बितरण गर्नु भएको थियो | मन्दिर को डिजाइन निस्कीसकेको छ मन्दिर निर्माण को लागत कम्तिमा पनि ढाइ करोड लाग्ने कबी कार्की,गोपाल शर्मा र मन्दिर का पूजारी ज्यू ले बताउने भएको छ | यदी यो ठाउँँ मा मन्दिर सोचे जस्तै निर्माण गर्न सफल भयौ भने यो नेपाली हरुका लागि गर्व को बिषय हुने छ | तसर्थ विश्व मा छरिएर बस्नु भएका सम्पूर्ण नेपाली दाजुभाई,दिदिबहिनी ब्यापारी हरु समाज सेवी बिभिन्न संघ संस्था लगायत यो मन्दिर निर्माण को लागि सहयोग गर्न इच्छुक कुनै पनि ब्यक्ती ले संपर्क गर्नु हुन को लागि ८१ बर्ष पुग्नु भएका पूज्निय संस्थापक छोटेलाल पुन मगर ले सबैलाई बिनम्र अनुरोध गर्नु भएको छ |   
संपर्क को लागि फोन उठाउनुहोस
1) कबी कार्की           +91-9716721656
2) बि बि थापा           +91-9999461882
3) गोपाल शर्मा         +91-9911114999
4) सञ्जय पुन मगर +91-8802056642
5) घनश्याम             +91- 9711549244
6) महेन्द्र के सी         +91-8800628493
7) मोहन थापा           +91-9910132046
8) हरी डाँगी               +91-9818114105
9) बाबु रोका मगर       +91-8130294625