यूएई नेपाली कांग्रेसको महाअधिवेशन २८ मार्चमा हुँदै

उमाकान्त पाण्डे (दुबइ,चैत ९) । यूएईमा रहेको नेपाली कांग्रेसको अन्तराष्ट्रिय भात्री संगठन नेपाली जनसंपर्क समिति युएईको आफ्नो दोश्रो महाअधिवेशन आउदो शुक्रबार हुने भएको छ । 
यूएईको आबुधाबीमा रहेको केरला सोसिएल सेन्टरमा महाअधिवेशन हुने भएको हो । 
महाअधिवेशनमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा जनसंपर्क समन्ययब बिभाग प्रमुख सभासद अर्जुन कुमार जोशी केन्द्रिय प्रतिनिधिको रुपमा आउने छन ।
केन्द्रिय समितिको महाअधिवेशनका लागि यूएईमा रहेका ५ वटै क्षेत्रिय समितिको अधिवेशन सम्पन्न गरि सकेको छ । क्षेत्रिय समितिको अधिवेशन पछि गठित कार्यसमितिका प्रतिनिधी र केन्द्रिय स्थाई सदस्यले महाधिवेशनमा मत दिन सक्ने छन ।       
रुपन्देही शंकरनगर घर भई ७ बर्ष यता यूएईमा रहेका चित्र केसीको शभापतित्वमा ४ बर्ष अघि नेपाली कांग्रेसको भात्री संगठन बिस्तार गरिएको थियो । नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाको उपस्थितीमा पहिलो पटक गठित समितिले गत २ बर्ष पहिले कांग्रेसका केन्द्रिय युवा नेता गगन थापाको उपस्थितीमा वार्षिक अधिवेशन गरेको थियो । 
प्रवासमा रहेर संपर्क समितिले राजनितीमा मात्र सिमित नभएई सामाजिक सेवामा समेत सकृय सहभागीता जनाउदै आएको छ । 
 
महाअधिवेशनका लागि सम्पूर्ण तयारी सकिएको र कार्यक्रममा बिभिन्न संघसस्थाका प्रतिनिधि तथा बिद्दिजिवीहरु परिवेक्षकको रुपमा आउने महाअधिवेशन मुल तयारी समिति युएईका संयोजक तथा नेपाली जन संपर्क समितिका सभापति चित्र केसीले जानकारी दिनु भयो ।