गीतामणि पाण्डे युएई दुबई
गत सुक्रबार बर दुबईको एवेरेस्ट होटेलमा बाग्लुंग जिल्ला बाट युएईमा आएका सम्पूर्ण नेपाली दाजु भाइ दिदि बहिनि हरुलाइ भेला गरि आफ्नो ठाउको सस्कृतिलाइ जगेर्ना गर्ने हेतुले सास्कृतिक आफ्नो प्रतिभा देखाउने जस्तै उद्घोसक समाज सेबी भाबना भयकाहरुलाइ जम्मा गराएर प्रस्तिस्पर्धा गराएर समाज ले कार्य क्रम लाइ रोचक र भब्य रुपमा नया प्रतिभा नामाक कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा सहभागी भएका गोविन्द परिवार , सिता सिरिस मगर , बाबुराम सुबेदी बाबुराम गौतम , गम बहादुर बि क , सुनिल थापा र रत्न बि क रहेका थिय । जसले गर्दा तेहा उपस्थित भएका बाग्लुंग बासीहरु नेपाल मै रहे जस्तै दुख सुख साटा साट गर्ने र नाच्नेहरुको भिड पनि देख्न सकिन्थ्यो । भब्य रुपमा सम्पन्न कार्यक्रममा धेरैनै बाग्लुंग बासि को उपस्थिति रहेको थियो ।
पूर्ण सापकोटाको स्वागत मन्तब्य बाट सुरु गरिएको कार्यक्रममा बाबुराम गौतम , गम बहादुर बि.क , पशुपति शर्मा , ,बल बहादुर बि, कृष्ण के सी. केदार सिह नेपाली , सुनिल थापा आदिले सस्थाको बारेमा प्रस्ट पर्दै उपस्थित सबैलाई धन्यवाद दिएका थिए /
अध्यक्ष पिताम्बर पाण्डेको सभापतित्वमा सम्पन्न कार्यक्रमको पर्मुख अतिथि बरिस्ठ सल्लाहकार श्री बल बहादुर बि. क बिशेष अतिथि श्री कृष्ण के सी रहेका थिए भने संचालक पहिलो चरण को महासचिब यम पुन र दोस्रो चरणको सस्था का उपाध्यक्ष श्री पूर्ण सापकोटाले गरेका थिए ।
कार्यक्रममा समाज सेवी पत्रकार हरुको पनि उपस्थिति थियो भने ८ जना प्रतिस्पर्धी रहेको थिए अन्तमा कार्यक्रमका सभापति पिताम्बर पाण्डेले प्रथम गोविन्द परिवार दोस्रो सिता सिरिस मगर तेस्रो बाबुराम सुबेदी अन्य सबैलाइ प्रमाण पत्र र खादा ओडाएर सम्मान गरिएको थियो तथा निबर्तमान सक्रिय सदस्य बलराम सापकोटा लाइ खादा र अबिर लगाएर बिदाई गरेका थिय साथमा कार्यक्रममा उपस्थित सम्पूर्ण नेपाली दाजु भाइ दिदिबहिनि हरु लाइ उपस्थित हुनु भएकोमा समेत धन्यवाद दिदै सभा बिसर्जन गरिएको थियो ।