प्रबेशिका परिक्षाको सातौं दिन रौतहटको दुई परिक्षा केन्द्रबाट २६ जना परिक्षार्थी निष्काशन

रौतहट, चैत्र १३ । प्रबेशिका परिक्षाको सातौं दिन रौतहटको दुई परिक्षा केन्द्रबाट आज २६ जना परिक्षार्थी निष्काशनमा परेका छन ।

 रौतहटमा हालसम्म निश्काशनमा पर्ने विद्यार्थीको संख्या १ सय २ पुगेको छ । 
सिन्धुरेघारीको जनजागृति उच्च माध्यमिक बिद्यालयका १५ जना र चन्द्रनिगाहपुरको जनज्योति उच्च माध्यमिक बिद्यालयबाट ११ जना परिक्षार्थीलाई निष्कासन गरिएको हो । उनीहरुले परिक्षा हलमा अमर्यादित क्रियाकलाप र चिट चोरी गरेको प्रमुख जिल्ला अधिकारी दिल बहादुर घिमिरेले जानकारी दिए  । – Imagechannels

अन्य समाचारहरु