यस वर्ष नेपालको आर्थिक बृद्धिदरमा सुधार आउने, ४.५% सम्मको आर्थिक बृद्धि हुनसक्ने

काठमाडौं, चैत्र १८ । एशियाली विकास बैंक (एडिबी) ले यस वर्ष नेपालको आर्थिक बृद्धिदरमा सुधार आउने जनाएको छ । नेपाल सरकारले गरेको साढे ५ प्रतिशतको आर्थिक बृद्धि हासिल नहुने भएपनि साढे ४ प्रतिशतसम्मको आर्थिक बृद्धि हुनसक्ने प्रक्षेपण एडिबीले गरेको छ ।
नेपालस्थित एडिबी कार्यालयले आज राजधानीमा पत्रकार सम्मेलन गरी कृषि उत्पादनका लागि मौसम अनुकूल रहने, रेमिट्यान्स बढ्ने, समयमै पूर्ण बजेट आउने र राजनीतिक स्थायित्व हुने हुँदा आर्थिक बृद्धिदरमा सुधार आउने विश्वास व्यक्त गरेको हो ।
मंसिर चार गते भएको संविधानसभाको निर्वाचन र नयाँ सरकार गठनले व्यावसायी तथा लगानीकर्तामा विश्वास बढेको पनि एडिबीले जनाएको छ । पत्रकार सम्मेलनमा एडिबीका नेपाल निर्देशक किनिचो याकायामाले लगानीकर्तालाई आकर्षित गर्न उद्योग, जलविद्युतलगायतका क्षेत्रसँग सम्बन्धित ऐन संसद्बाट पारित गरिनुपर्नेमा जोड दिए ।
आर्थिक बृद्धिमा सुधार आउने भएपनि उच्च मूल्यबृद्धि नियन्त्रण अत्यन्त चुनौतीपूर्ण रहेको एडिबीले जनाएको छ । नेपाल राष्ट्र बैंकले साढे ८ प्रंतिशतको मूल्यबृद्धि हुने जनाए पनि एडिबीले भने दोहोरो अंकमा मुल्यवृद्धि हुने अनुमान गरेको छ । IMAGECHANNELS