भारतमा बेचिएर उद्धार गरिएका दुई युवतीसहित एक महिला दलाल नेपाली दुतावास परिसर भित्रैबाट बेपत्ता

बाबु रोका मगर नई दिल्ली 



नेपाल स्थित सिन्धुपाल्चोक जिल्ला ईचोक गाऊं विकास समिति वार्ड नं. ८ घर भई युपी लोनी बोर्डरस्थित घर नं. ३ गली नं. १ वल्क नं. ५ अशोक विहार शंकर गार्डेन लोनी बोर्डरमा १६ मार्च २०१४ का दिन कोठीसंचालक नुवाकोट जिल्ला निवासी साईली तामाङ्ग भनिने महिलालाई बेचेको खुलासा भए अनुसार बेचिएकी दुईयुवती मध्ये बर्ष १५ की सितामाया तामाङ्ग र सोही निवासी बर्ष १६ की सोमु तामाङ् सहित निज दुुई युवतीलाईललाई फकाई गाऊंदेखि काठमाडौंसम्मं ल्याई विरगञ्ज रक्सौल नाका हुुंदै भारतको दिल्लीमा ल्याई पुर्याउने क्रममा उक्त कार्यमा संलग्न मुख्य योजनाकारको रुपमा रहेको सिन्धुपाल्चोक जिल्ला ईचोक गाऊं विकास समितिवार्ड नं. ३ घर भएका नुर्वु लामाको छोरा बर्ष ३७ का कालु लामालाई भेट गराई दिल्लीसम्म ल्याई पुर्याउने  कार्यमासंलग्न महिला दलाल फुलमाया तामाङ्ग समेत नेपाली दुतावासको परिसर भित्रैबाट एकाएक बेपत्ता भएका छन् ।


 

हेल्प नेपाली मिसन र अखिल भारत नेपाली एकता मञ्चको संयुक्त अभियानमा उद्धार गरिएकी दुई युवती तथा पक्राउपरेकी महिला दलाललाई दिल्ली स्थित नेपाली दुतावासमा गत २८ मार्च शुक्रवारका दिन बुझाइएको थियो भने सो बुझाइएका महिलाहरु २९ मार्च राति नै दुतावासको परिसर भित्रैबाट बेपत्ता भएको खुलासा हुन आएको छ । ति दलाल र युवतीहरु कसरी भाग्न सफल भए भन्ने वारेमा आज सम्म राजदुतावास का सानो देखी लिएर ठुलो पद सम्म बस्नु भएका कर्मचारी हरुलाई कुनै जानकारी भएको छैन | राजदुतावास मा अरुले नै समातेर ल्याएर राखिएका तीन जना अपराधी ब्यक्ती हरुलाई कियर गर्न नसक्ने राजदुतावास ले भारत मा रोजिरोटी को लागि काम गर्दै बस्ने लाखौं नेपाली हरुको के सहयोग गर्न सक्ला? प्रश्न यहाँ उम्रिएको छ | 



आफ्नो खल्ती बाट खर्च गरेर अपराधी हरुको खोजी गर्ने आपात-बिपात परेका हरुलाई उद्दार गर्ने भारत मा धेरै नेपाली संघ संस्थाहरु को स्थापना गरिएको छ तर ति संघ संस्था हरुलाई सहयोग गर्न नेपाल सरकार को राजदुतावास हिच्किचाउछ |नेपाल का स्तरिय मिडिया को अभाव ले गर्दा पनि अपराधीहरु लाई अपराध गर्न कुनै समस्या नहुने उल्टै मिडियाहरुलाई मार्ने धम्की दिदै हिड्छन | नेपालको राजनीतिक अस्थिरता र फितलो कानुन ले समस्या झन झन जटिल हुँदै जान थालेको छ |         

                

आफ्नो बहिनीहरु बेचिएको जानकारी थाह भएपछि बहिनीको खोजी कार्यको लागी दिल्ली आएका   सोम बहादुर तामाङ्गले दिएको जानकारी अनुसार आफ्नो बहिनीहरुलाई बेचविखन कार्यमा संलग्न मुख्य योजनाकारको रुपमा रहेका कालु लामा तथा सोही जिल्लाकै बुधराम तामाङ्की श्रीमती माया तामाङ्ले गत मिति १४ मार्च २०१४का दिन आफ्ना नावालिक बहिनीहरुलाई घाँंस, दाउरा, काट्न जाने बहानामा गाऊंबाटै ललाई फकाई गरी विभिन्न प्रलोभन देखाई सोही मितिमा भगाएर काठमाडौं ल्याई पुर्याएको  र  दुई युवतीलाई भगाएर दिल्लीसम्म ल्याउनसफल भएपछि १६ मार्चमा लोनी   बोर्डर स्थित साईली तामाङ्ग भनिने महिलालाई  चार लाख भारतीय रुपैयामा बेची फर्कने क्रममा युवती बेचेर ल्याइएको उक्त रकम दिल्ली मजनुकटिला २४ अरुणानगर स्थित सिक्किम हाउंसको कोठा नं. २०२ मा चेलिबेटी बेचविखन कार्यमा दशकौ देखि संलग्न रहंदै आएका मुख्य दलाल मध्यका कालु लामा मार्च १७ मा उक्त होटलमा बसेको कुरा आरोपित महिला दलाल फुलमाया तामाङ्गले आक्रोस ब्यक्त गर्दै बताइन्| 



सोही समुहका अन्य दलाल मध्ये नुवाकोट जिल्ला ध्याङ्गफेदीका  दिपक तामाङ्, छिरिङ्ग तामाङ् सिन्धुपाल्चोक जिल्ला निवासी साईला तामाङ् सुर्जे तामाङ्, कुमार कान्छा, आफुलाई डन भनेर चिनाउन रुचाउने भारतीय नागरिक सोनु बर्मा समेतको टोलीले कालु तामाङ् लाई नाटकीय ढंगले अपहरण गरि तामाङ्गको साथमा रहेको नगद चार लाख भारतीय रुपैया समेत लुटी कालु तामाङ् लाई हालसम्म अपहरण गरि बेपत्ता बनाएको र आफुहरुले पनि न्याय पाउनु पर्ने बताउंदै महिला दलाल फुलमाया तामाङ् भन्छिन् हामीहरुलाई कारवाही हुन्छ भनेअन्य आरोपितहरुलाई किन कारवाही हुदैन भन्दैआक्रोस व्यक्त गरिन आफुलाई मात्रै कारवाही नगरि अन्य यस्ता घटना मा संलग्न हुनेहरुलाई पनि कारवाही गर्नु पर्ने बताउछिन उनले आफु संस्थाको अध्यक्ष हुँ भन्दै सोझासिधालाई डर, धाक, धम्कीदिने र दिपक तामाङ् स्वयं चेलिबेटी बेखविखन कार्यको दलाल भएको र दिपक सहित छिरिङ्ग तामाङ्को समुहलाई आरोप लगाएकी थिइन् । दिपक तामाङ्ले गत बर्षमा पनि आफ्नै गाऊंका साईली तामाङ्का आफन्तपर्ने दुई महिलाहरुलाई पनि भारतको बेश्यालयमा बेचेको उनले बताईन |



 भारतको दिल्ली स्थित विभिन्न संघ,संगठनहरुले नेपाली दुतावासमा भएको गैह् जिम्मेवारी गतिविधिकोे भत्र्सना गदै यस्तो जघन्य अपराध नियन्त्रणगर्न दुतावास पुर्ण असफल भएको आरोप लगाउंदै यस कार्यले अपराधिको मनोबल बढ्न गएको आपत्ती जनाएका छन | अपराधमा संलग्न सम्पुर्ण दोषि तथा अपराध कार्यमा संलग्न सहयोगीहरुलाई उच्च स्तरिय कारवाहीको माग गर्नुका साथै घटनाको छानविनको माग राख्दै भारत मा खोलिएका बिभिन्न नेपाली संघ संगठनहरुलाई यस्तो जघन्य घटनाको उचित छानविन गर्नु पर्ने जरुरी भएको बताउंदै आगामी दिनहरुमा पनि यस्तो किसिमको अस्वाभाविक घटना रोक्नको लागी सम्पुर्ण संघ, संगठनहरुलाई अपिल गदै आफुहरुले यस्तो किसिमको कार्यलाई नियन्त्रणगर्नको लागी महत्वपुर्ण भुमिका खेल्न सकिने कुरा बताइएको छ ।