सूचना तथा संचार मन्त्री रिजाल सुटुक्क युएईमा – कांग्रेसी सँग अन्तर्कृया

उमाकान्त पाण्डे- दुबइ – चैत्र २० , सूचना तथा संचार मन्त्री डा. मीनेन्द्र रिजाल यूएईमा सुटुक्क आए गए कसैलाई पत्तो भएन । ‘अन्तराष्ट्रिय टेलि कम्युनिकेसन विकास सम्मेलनमा’सहभागी हुन उनी यसै साता दुबइ आएका मन्त्री रिजालको यूएई भ्रमण बारे कसैले केही सार्वजनिक नगरेको गुनासो सर्वसाधारण तथा यूएईमा रहेका धेरै नेपालीको छ । 
मुलुककै सूचना तथा संचार माध्यम मार्फत जनपहुच सम्म पुराउने दायित्व बोकेको मन्त्रालयका मन्त्रीहरुको बिदेश भ्रमण बारे प्रवासमा रहेका नेपाली कामदार अनबिज्ञ हुनु , त्यहा स्थित दुतावासले समेत सो बारे सूचना जारी नगर्नु दु:खद बिषय भएको यहाँ रहेका नेपालीको भनाइ छ । 
मन्त्रीको यूएई भ्रमण बारे दुतावास तथा मन्त्रालयको वेब साइटमा समेत केही सूचना उल्लेख गरिएको छैन । 
प्रत्येक ४ बर्षमा हुने सो सम्मेलनमा संसारभरका संचार मन्त्रालय, सरकारी उच्च स्तरिय अधिकारी र सो सम्बन्धि बिज्ञहरु गरी झन्डै १६ सय प्रतिनिधिहरुको सहभागीता थियो । सम्मेलनमा आम संचार साधनको प्रयोग तथा यस् को उपयोगीता र प्रभाव सस्तो सुलभ बनाउने बिषयमा छलफल भएको थियो । 
यूएईको दुबइमा भएको सम्मेलनका लागि उनी दुबइ आएका भए पनि आम सर्वसाधारणलाई नभेटी सुटुक्क नेपाली कांग्रेस निकट नेपाली जनसंपर्क समिति यूएईका पदाधिकारीको ‘घरदैलोमा’ पुगेर अन्तर्कृया गरेको गुनासो यूएईमा रहेका संघसस्थाले आरोप लगाएका छन ।   
‘रिजाल कांग्रेसका ठुला नेता हुन सबैलाई थाहा छ ,’तर उनी अहिले यूएईमा नेपालीको प्रतिनिधि बनेर संचार मन्त्रीको हैसियतमा उपस्थित भएकोले कांग्रेसको मात्र दुत’ बनेर आएको आरोप गोरखा सेवा समाज यूएईका अध्यक्ष भिम श्रेष्ठले लगाउनु भयो । उहाले भन्नु भयो ‘पार्टीको केन्द्रिय नेता तथा देशको मन्त्रीले पार्टी बिशेषको भात्री संगठनले प्रदान गरेको सम्मान पत्र ग्रहण गर्दै हिंड्नु सोभनिय होइन, सम्मान भनेको ठुलो बाट सानोलाई दिईन्छ ।’
आबुधाबीमा आयोजित अन्तर्कृया कार्यक्रममा कांग्रेस निकट र नेपाली जनसंपर्क समितिका पदाधिकारी र यूएईका लागि नेपाली राजदुतको उपस्थिती थियो । कार्यक्रममा सफ्ट-हार्ड कक्टेल ड्रिन्क्सको समेत ब्यबस्था गरिएको थियो । 
यहाँ रहेका केही संघसस्थाले दुतावास नेपाली कांग्रेसको कार्यालय बन्दै गएको समेत आरोप लगाएका छन । 
सिमित ब्याक्तीहरु सहभागी कार्यक्रममा खाडी मुलुकमा बस्ने नेपालीहरुले भोग्नु परेको समस्या लाई आफुले गहिरिएर बुझ्न चाहेको बताउदै समस्या समाधान तर्फ दुताबास र नेपाल सरकार मार्फत पहल गर्ने प्रतिबद्दता जनाएका थिए । 
उनको दुबइ आउने कार्यक्रम सँग यहाँ रहेको नेपाली कांग्रेसको भात्री सस्था नेपाली जनसंपर्क समितिको महाधिवेशन समेत जुध्यौ । तर पार्टीको बिदेश बिभाग अन्तर्गतको संगठनमा देशको संचार मन्त्री उपस्थित हुन असोभनिय हुन जाने ठहर गर्दै यूएई कांग्रेसले सभासद अर्जुन जोशीलाई महाधिवेशनमा बोलाएको थियो ।