सिड्नीको दक्षिण रकडेलमा रहेको एक होटलमा नेपाली विद्यार्थी मृत अवस्थामा फेला परेका छन्। सिड्नीमा बसेर अध्यययन गर्दै आएका राजीव शाक्य रकडेलको ग्राण्ड होटलमा मृत फेला परेको सेन्ट जर्ज प्रहरीले पुष्टि गरेको पत्रकार ऋषि अाचार्यले उल्लेख गरेका छन्।
नेपाली विद्यार्थीको मृत्युको कारण बारे अझै अनुसन्धान भैरहेकोले अनुसन्धान पछिमात्र थप जानकारी आउने प्रहरीले जनाएको छ। २९ वर्षीय शाक्यको शव प्रहरीले अप्रिल ८ मंगलबार बिहान पौने चार बजे होटलको कोठामा फेला पारेको थियो। अहिले शाक्यको शवको परीक्षण भैरहेको मृतकका नजिकका आफन्त विजय शाक्यले जानकारी दिए।
शाक्यको नेपलमा रहेका आफन्तलाई घटनाबारे जानकारी गराइसकिएको छ भने शव नेपा्ल पठाउन आवश्यक प्रक्रिया अगाडि बढाइएको छ। शाक्यका सिड्नीमा रहेका आफन्तहरुले शव नेपाल पठाउन आवश्यक सहयोग गर्न नेपाली दूतावास क्यानवेरा र गैरआवासीय नेपाली संघ अस्ट्रेलियालाई आग्रह गरेका छन्। धरान घर भएका शाक्य ७ वर्षअघि अस्ट्रेलिया आएका थिए। उनी सिड्नीको प्यासिफिक कलेजमा अध्ययन गर्दै थिए। SETOPATI